११ चैत २०७६, काठमाण्डौं, नेपाल। नेप्से परिसूचक ११.६३ अंक अर्थात ०.९७ प्रतिशतले घटेर ११८४.७८ विन्दुमा अडिएको छ। यस दिन १६९ कम्पनीको ११ लाख ४ हजार ३९५ कित्ता २९ करोड ७३ लाख ९८ हजार ३ रुपैयाँमा कारोबार भएको छ।
चित्र १ः नेप्से परिसूचक
कारोबारमा आएका ११ उपसूचकमध्य एउटा सूचक मात्र सकारात्मक रहेको छ भने बाँकी १० सूचक नकारात्मक रहेका छन्। यस दिन फाइनान्स समूह १.४७ अंकले सबैभन्दा धेरै बढेको छ र १४३.४९ अंकले जीवन बीमा समूह सबैभन्दा धेरै घटेको छ।
चित्र २ः उपसमूह
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ९७ लाख ०३ हजार २०५ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः शिवम् सिमेन्ट, प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स संस्थापक, कुमारी बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, सिटीजन्स बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंक र कृषि विकास बैंकले धेरै कारोबार गरेका छन्। नेपाल लाईफ र शिवम् बाहेक सबै बैकिङ्ग क्षेत्रको कम्पनी रहेको छ।र, यसले नेपालको पुँजी बजारको अहिले पनि ठूलो हिस्सा बैंकिङ्ग क्षेत्रले ओगटेको बुझ्न सकिन्छ।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी
यस दिनको बजारबाट सबैंको लगुवित्तको शेयरमूल्यमा ९.९८ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः युनाइटेड फाइनान्सको ९.७१, ग्रमिण विकास लघुवित्तको ४.९०, आधिखोला लघुवित्तको ३.७७, कर्णाली विकास बैंकको २.८८, घमाल्दी हाईड्रोपावरको २.७४, अरुण काबेली पावरको २.६५, वर्ल्ड मर्चेन्ट बैंक एण्ड फाइनान्सको २.२५, रैराङ्ग हाईड्रोपावरको १.९८ र प्रुडेन्सियल इन्स्योरेन्सको १.८० प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट एनएलजी इन्स्योरेन्सको शेयरमूल्यमा ६.५४ प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः साञ्जेन जलविद्युतको ५.९१, ओरियन्टल होटेलको ५.५१, हिमालयन पावर पार्टनरको ५.४०, नेरुड लघुवित्तको ४.९२, रसुवागढी हाईड्रोपावरको ४.८६, अप्पी पावरको ४.८३, गुराँस लाइफ इन्स्योरेन्सको ४.७६, एशियन लाइफ इन्स्योरेन्सको ३.९८ र लाइफ इन्स्योरेन्स कम्पनीको ३.९५ प्रतिशतले शेयरमूल्य घटेका छन्।
No comments:
Post a Comment