१७ भाद्र २०७६, काठमाण्डौं, नेपाल। नेप्से परिसूचक २०.५७ अंक अर्थात १.७६ प्रतिशतले बढेर ११९०.९० विन्दुमा अडिएको छ। यस दिन १७१ कम्पनीको २१ लाख ८४ हजार २७१ कित्ता ५१ करोड ५ लाख ५२ हजार ०४१ रुपैयाँमा कारोबार भएको छ।
चित्र १ः नेप्से परिसूचक
कारोबारमा आएका ११ उपसूचकमध्य ९ सूचक सकारात्मक रहेका छन् भने बाँकी २ सूचक नकारात्मक रहेका छन्। यस दिन निर्जीवन बीमा समूह १२३.५३ अंकले सबैभन्दा धेरै बढेको छ र ०.०५ अंकले म्युचल फण्ड समूह सबैभन्दा धेरै घटेको छ।
चित्र २ः उपसमूह
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै नेपाल बंगलादेश बैंक संस्थापकको ५ करोड ७२ लाख ३० हजार रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः नेपाल बैंक लिमिटेड, नेपाल लाइफ इन्सयोरेन्स, एनआईसी एशिया बैंक, सानिमा बैंक, कृषि विकास बैंक, मेघा बैंक संस्थापक, कुमारी बैंक, प्रभु बैंक र शिवम् सिमेन्टले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी
यस दिनको बजारबाट युनियन पावरको शेयरमूल्यमा ९.४६ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः सूर्य लाईफ इन्स्योरेन्सको ८.३९, महिला सहयात्री माइक्रोफाइनान्सको ८.०४, एशियन लाइफ इन्स्योरेन्सको ७.७७, आधिखोला लघुवित्तको ७.६०, लुम्बिनी जेनरल इन्स्योरेन्सको ६.७६, सिद्धार्थ इन्स्योरेन्सको ६.१२, नेशनल लाइफ इन्स्योरेन्सको ५.९७, युनाइटेड इन्स्योरेन्सको ५.४९, नेशनल हाईड्रोको ५.३६ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट सिटी एक्प्रेस फाइनान्सको शेयरमूल्यमा ४.८५ प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः रिडी जलविद्युतको ३.५७, घलाम्दी हाईड्रोपावरको २.७३, ग्रीन डेभलपमेन्ट बैंकको २.७२, ग्लोबल आईएमई समृद्धिको २.०१, खानीखोला हाईड्रोपावरको १.७५, सानिमा इक्विटी फण्डको १.७२,आख्खुखोला जलविद्युतको १.६६, नेपाल बंगलादेश बैंकको १.६६ र वेष्ट फाइनान्स कम्पनीको १.०९ प्रतिशतले शेयरमूल्य घटेका छन्।
No comments:
Post a Comment