Wednesday, 25 December 2019

नेप्से परिसूचक १.८२ अंकले बढेर ११६८.०३ विन्दुमा, कारोबार रकम कत्ति?

९ पुष २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक १.८२ अंक अर्थात ०.१६ प्रतिशतले बढेर ११६८.०३ विन्दुमा अडिएको छ। यस दिन १७५ कम्पनीको १६ लाख ८१ हजार ८३८ कित्ता ५३ करोड ८३ लाख ४० हजार ८२९ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा १८ करोडको कमि भएको हो।

चित्र १ः नेप्से परिसूचक
कारोबारमा आएका १२ उपसूचकमध्य ८ सूचक सकारात्मक रहेका छन् भने बाँकी ४ सूचक नकारात्मक रहेका छन्। यस दिन जीवन बीमा समूह ६९.७० अंकले सबैभन्दा धेरै बढेको छ भने ५.९८ अंकले म्युचल फण्ड समूह सबैभन्दा धेरै घटेको छ। 
चित्र २ः उपसमूह
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै सानिमा बैंक ऋणपत्रको ४ करोड ८१ लाख ५० हजार रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः नेपाल बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक, शिवम् सिमेन्ट, माछापुच्छ्रे बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन डिष्ट्रिलरी लिमिटेड, एनआईसी एशिया, नागरिक लगानी कोष र कृषि विकास बैंकले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी
यस दिनको बजारबाट नेपाल सेवा लगुवित्तको शेयरमूल्यमा ९.८९ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः कन्चन डेभलपमेन्ट बैंकको ९.७१, श्रीजना फाइनान्सको ३.८०, हिमालयन बैंक लिमिटेडको ३.४१, सपोर्ट माइक्रोफाइनान्सको ३.३३, नेपाल लाइफ इन्स्योरेन्सको ३.१६, ओरियन्टल होटेल लिमिटेडको २.७२, शिवम् सिमेन्टको २.७०, महालक्ष्मी विकास बैंकको २.३४ र प्रुडेन्सियल इन्स्योरेन्सको २.१६  प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट नेपाल फाइनान्सको शेयरमूल्यमा ९.९३ प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः समृद्धि फाइनान्सको ७.४०, युनियन हाईड्रोपावरको ७.०१, युनाइटेड फाइनान्सको ३.८६, हिमालयन ऊर्जा विकास कम्पनीको ३.८४, सानिमा बैंक ऋणपत्र २०८५ को ३.७०, मिथिल्ला लघुवित्तको ३.४८, बुटवल पावर कम्पनीको ३.४३, नेपाल हाईड्रो डेभलपर्स लिमिटेडको ३.४१ र जोशी हाईड्रोपावरको ३.०७ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ४ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment