Wednesday, 1 July 2020

नेप्से परिसूचक ७५.७७ अंकले बढेर १३३६.५२ विन्दुमा, करिबार रकम ४० करोड!

६ चैत २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ७५.७७ अंक अर्थात ६.०१ प्रतिशतले बढेर १३३६.५२ विन्दुमा अडिएको छ। यस दिन १३५ कम्पनीको ११ लाख १ हजार २ कित्ता ४० करोड ७३ लाख ५२ हजार २४७ रुपैयाँमा कारोबार भएको छ। यस दिन १२ बजेर २४ मिनेटमा ६ प्रतिशतको सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ।

चित्र १ः नेप्से परिसूचक

कारोबारमा आएका १२ उपसूचकमध्य ११ सूचक सकारात्मक रहेका छन् भने बाँकी एक सूचक मात्र नकारात्मक रहेको छ। यस दिन जीवन बैंकिङ्ग समूह ७.५५ प्रतिशतले सबैभन्दा धेरै बढेको छ र ०.३५ प्रतिशतले होटेल समूह सबैभन्दा धेरै घटेको छ। 

चित्र २ः उपसमूह

कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ७६ लाख ९४ हजार ९ सय ३१ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः कुमारी बैंक संस्थापक, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट, एनआईसी एशिया बैंक, एनएमबी बैंक, नागरिक लगानी कोष, नेपाल पुनःबीमा कम्पनी, नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापकले धेरै कारोबार गरेका छन्।

चित्र ३ः धेरै कारोबार भएका कम्पनी


यस दिनको बजारबाट सिटीजन्स बैंकको शेयरमूल्यमा १० प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः साना किसान विकास बैंकको ९.९८, नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ९.९७, आरएमडिसी लघुवित्तको ९.९५, बुटवल पावर कम्पनीको ९.९४, गुराँस लाइफ इन्स्योरेन्सको ९.९३, शिखर इन्स्योरेन्सको ९.९२, मेरो लघुवित्तको ९.९१ र सिद्धार्थ बैंकको ९.८९ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।

चित्र ४ः सकरात्मक रहेका कम्पनी


उता, आजको बजारबाट नेशनल लघुवित्तको शेयरमूल्यमा ३.९२ प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः ओरियन्टल होटेलको ३.२७, नेपाल टेलिकमको २.३५, गुहेश्वरी मर्चेन्ट फाइनान्सको १.७९, आईसिएफसीको १.२१ र वरुण हाईड्रोपावरको १.१८ प्रतिशतले शेयरमूल्य घटेका छन्।

चित्र ५ः नकरात्मक रहेका कम्पनी


सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!




No comments:

Post a Comment