Tuesday, 7 July 2020

नेप्से परिसूचक ३७.९३ अंकले बढेर १३३६.६६ विन्दुमा, कारोबार रकम १ अर्ब भन्दा बढी

२३ असोज २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ३७.९३ अंक अर्थात २.९२ प्रतिशतले बढेर १३३६.६६ विन्दुमा अडिएको छ। यस दिन १७८ कम्पनीको २८ लाख ८३ हजार ९४८ कित्ता १ अर्ब २१ करोड २४ लाख २६ हजार २६७ रुपैयाँमा कारोबार भएको छ। 

चित्र १ः नेप्से परिसूचक


कारोबारमा आएका १२ उपसूचकमध्य सबै सूचक सकारात्मक रहेका छन्। यस दिन होटेल समूह ८.८८ प्रतिशतले सबैभन्दा धेरै बढेको छ र १.५८ प्रतिशतले उत्पादन तथा प्रशोधन समूह सबैभन्दा थेरै बढेको छ। 

चित्र २ः उपसमूह


कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै नेपाल पुनःइन्योरेन्सको ९ करोड १२ लाख ६७ हजार ०८३ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिष्टिलरी, एनएमबी बैंक, छिम्मेक लघुवित्त, एनआईसी एशिया बैंक, शिवम् सिमेन्ट, निको इन्स्योरेन्स, नबिल बैंक र प्राइम कमर्सियल बैंकले धेरै कारोबार गरेका छन्।

चित्र ३ः धेरै कारोबार भएका कम्पनी


यस दिनको बजारबाट मञ्जुश्री फाइनान्सको शेयरमूल्यमा १० प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः नेपाल पुनःइन्योरेन्स कम्पनी, नेपाल सेवा लघुवित्त, ओरियन्टल होटेल र प्रुडेन्सियल इन्स्योरेन्सको १०, हिमालयन जेनरल इन्स्योरेन्सको ९.९७, सूर्योदय लघुवित्त र सामुदायिक लघुवित्तको ९.९५, सिद्धार्थ इन्स्योरेन्सको ९.९४ र प्रभु इन्स्योरेन्सको ९.८८ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।

चित्र ४ः सकरात्मक रहेका कम्पनी


उता, आजको बजारबाट खानीखोला हाईड्रोपावरको शेयरमूल्यमा ३.८५ प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः ग्लोबल आइएमई लघुवित्तको ३.७१, घलाम्दी हाईड्रोपावरको ३.४५, रिलायन्स फाइनान्सको ३.०८, एनआईसी एशिया संस्थापक र ग्लोबल आइएमई समुन्नत-१ को २, सिनर्जी पावर डेभलपर्सको १.९२, सानिमा इक्विटी फण्डको १.७० र मल्टीपर्पोज फाइनान्स कम्पनीको १.६८ र गुणविल फाइनान्सको १.३३ प्रतिशतले शेयरमूल्य घटेका छन्।

चित्र ५ः नकरात्मक रहेका कम्पनी


सन्दर्भ सूचीः
नेप्से



धन्यवाद! 


जय नेपाल!!!

No comments:

Post a Comment