१५ चैत २०७७,
काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक २२.३१ अंक अर्थात १.५३ प्रतिशतले बढेर १४८४.९९ विन्दुमा अडिएको छ। यस दिन १८९ कम्पनीको ७७ लाख ६३ हजार ५६ कित्ता ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार १ सय २५ रुपैयाँमा कारोबार भएको छ।
![]() |
चित्र १ः नेप्से परिसूचक |
कारोबारमा आएका १२ उपसूचकमध्य ११ सूचक सकरात्मक रहेका छन् भने बाँकी १ सूचक मात्र नकारात्मक रहेको छ। यस दिन अन्य समूह ४.१२ प्रतिशतले सबैभन्दा धेरै बढेको छ र ०.०५ प्रतिशतले होटेल समूह सबैभन्दा धेरै घटेको छ।
![]() |
चित्र २ः उपसमूह |
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २८ करोड ७४ लाख ५७ हजार २२८ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः निको लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, शिवम् सिमेन्ट, हिमालयन डिष्टिलरी, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स, एनआइसी एशिया बैंक, एनएमबी बैंक र नेपाल इन्स्योरेन्स कम्पनीले धेरै कारोबार गरेका छन्।
![]() |
चित्र ३ः धेरै कारोबार भएका कम्पनी |
यस दिनको बजारबाट नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः उन्नती सहकारी लघुवित्तको ९.९४, एनआरएनको ९.८८, सिनर्जी पावर डेभलपमेन्टको ९.६५, अरुण काबेलीको ९.४५, रैराङ्ग हाईड्रोपावरको ९.२८, पाँचथर पावर कम्पनीको ९.२४, युनियन हाईड्रोपावरको ९.०९, बरुण हाईड्रोपावरको ८.९९ र पञ्चकन्यामाई हाईड्रोपावरको ८.८६ प्रतिशतले क्रमर्श शेयरमूल्यहरु वृद्धि भएका छन्।
![]() |
चित्र ४ः सकारात्मक रहेका कम्पनी |
उता, आजको बजारबाट हिमाल दोलखा हाईड्रोपावरको शेयरमूल्यमा ७.२९ प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः घोडाघोडी लघुवित्तको ४.५८, ओरियन्टल होटेलको ३.७२, मितेरी डेभलपमेन्ट बैंकको २.६२, गुहेश्वरी मर्चेन्ट फाइनान्सको २.३८, सिन्धु विकास बैंकको २.३६, ज्योति विकास बैंकको २.२९, गुणविल फाइनान्सको १.९५, समृद्धि फाइनान्सको १.७९ र ग्रिन डेभलपमेन्ट बैंकको १.७४ प्रतिशले शेयरमूल्यहरु घटेका छन्।
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!
No comments:
Post a Comment