११ भदौं २०७६,
काठमाण्डौं, नेपाल।नेप्से परिसूचक ४ अंक अर्थात ०.२७ प्रतिशतले घटेर १४५८.०४ विन्दुमा अडिएको छ। यस दिन १८८ कम्पनीको ४९ लाख ६७ हजार ४०३ कित्ता १ अर्ब ९८ करोड १७ लाख ६१ हजार ०५० रुपैयाँमा कारोबार भएको छ।
![]() | |
|
कारोबारमा आएका १२ उपसूचकमध्य ९ सूचक नसकारात्मक रहेका छन् भने बाँकी ३ सूचक सकारात्मक रहेका छन्। यस दिन उत्पादन तथा प्रशोधन समूह १.४४ प्रतिशतले सबैभन्दा धेरै बढेको छ र १.६४ प्रतिशतले ट्रेडिङ्ग समूह सबैभन्दा धेरै घटेको छ।
![]() | |
|
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २३ करोड १२ लाख ९४ हजार ३२९ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः निको इन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआईसी एशिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एनएमबी बैंक, सूर्य लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनी र एशियन लाइफ इन्स्योरेन्स कम्पनीहरुले धेरै कारोबार गरेका छन्।
![]() | |
|
यस दिनको बजारबाट एनआरएनको शेयरमूल्यमा ९.८२ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः दिव्याश्वेरी हाईड्रोपावरको ५.८४, शिवम् सिमेन्टको ५.१०, कालिका पावर कम्पनीको ४.८१, नबिल ब्यालेन्स फण्डको ४.४४, नेशनल हाईड्रोपावरको ३.८५, हिमलायन पावर पार्टनरको ३.६०, बरुण हाईड्रोपावरको ३.५३, राधी जलविद्युतको ३.४३ र सगरमाथा इन्स्योरेन्सको ३.०२ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
![]() | |
|
उता, आजको बजारबाट सामुदायिक लघुवित्तको शेयरमूल्यमा ४.०७ प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः गुराँस लघुवित्तको ४.०४, रसुवागढी हाईड्रोपावरको ३.९२, विशाल बजार कम्पनीको ३.९०, महालक्ष्मी विकास बैंकको ३.५४, घलाम्दी हाईड्रोपावरको ३.२३, समृद्धि फाइनान्सको ३.१०, फर्स्ट माइक्रोफाइनान्सको २.९७, घोडाघोडी लघुवित्तको २.८९ र मिथिल्ला लघुवित्तको २.८६ प्रतिशतले शेयरमूल्य घटेका छन्।
No comments:
Post a Comment