२ असोज २०७७,
काठमाण्डौं, नेपाल।
गएको महिनामा जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण अत्याधिक देखिएको छ। आकर्षण बढेसँगै जलविद्युत कम्पनीको शेयरमूल्यमा उल्लेख्य वृद्धि भएको छ।
गएको महिनामा लगानीकर्ताले करिब ७५ प्रतिशतसम्म आम्दानी गरेका छन्। सूचिकृत सबै जलविद्युत कम्पनीको शेयरमूल्य बढेकाे छ। करिब ५ प्रतिशतदेखि ७५ प्रतिशतसम्म शेयरमूल्य बढेका हुन्। सबैभन्दा बढ्ने कम्पनीमा जोशी हाइड्रोपावर कम्पनी रहेको छ। उसको एक महिना अघि प्रतिकित्ता शेयर मूल्य ५९ रहेकोमा यस साता उक्त कम्पनीको शेयर मूल्य १०३ रुपैयाँमा उक्लिएको छ।
सबैभन्दा बढी कमाउने कम्पनीको दोस्रो स्थानमा अरुण भ्याली परेको छ भने तेस्रोमा अरुण काबेली रहेको छ। यी दुवैको शेयर मूल्य क्रमशः ७४.१९ र ७१.६८ प्रतिशत बढेको छ। यस्तै हिमला दोलाखाको शेयर मूल्य जम्मा ५.२६ प्रतिशत बढेको छ। सूचिकृत ३२ कम्पनीको औसत वृद्धिदर ४१.४६ प्रतिशत छ।
सन्दर्भ सामाग्रीः
- नेप्से
No comments:
Post a Comment