Sunday, 24 June 2018

रेष्टुरेन्ट द्धारा वह्म लुट!

०९ अषाढ, सुन्दरीजल, काठमाडौं।
होटल: सिन्धुपाल्चोक सेकुवा कर्नर

शनिबार, घरमा बस्न वक्क लागि रहेको थियो। त्यतिकैमा भार्इ अायो र भन्यो "दार्इ घुम्न जाउँ"। र, मोटरसाइकलमा गुम्न  निस्क्यौं।

हामी नामगेल, नयाँपाटी हुदै त्याहाँका फाँटहरुमा रोपाइ गरिरहेका दृश्य अवलोकन गर्दै सुन्दरीजल पुग्यौं।

पानी पर्ला जस्तो महसुस गरेर हामी रफ्तार बढ्उदै अार्मी ब्यारेक कट्यौं। मोटरसाइकल हतारमा दायाँ तर्फ पर्क गर्यौं। र, बायाँ छेउमा रहेको देस्रो होटलमा छिर्यौं।

भित्र एउटा फ्यान  र तिन वटा टेबल थियो। एउटा टेबलमा  किशोर अवस्थाका युवायुवती थिए भने अर्को तर्फ कलेज ड्रेसमा ५-६ जना केटाहरु थिए।

हामीले अाफैं काउन्टरबाट १ प्लेट सेकुवा मगायौं र कुर्न थाल्यौं।

त्यतिकैमा, बाहिर पानी पुरी बेचिरहेकी दिदी भित्र अाएर केटाकेटीलाई हेर्दै, भनिन् "तिमीहरूलाई देखेर मलाई गर्मी भइसक्यो।"

ती ठिटाहरु खितित्त हासे।

साउनी दिदीले एउटा प्लेट सेकुवा, एउटा कचौरामा  दालमोठ र अर्कोमा भुजीया हालेर ल्याउनु भयो।

हामीले सेकुवा मज्जाले खादै थियौं त्यतिकैमा छेउमा कुकुर अायो।
मलाई माया लागेर अायो र उसलाई पनि २-३ टुक्रा दिए। बिचरा सायद भोकाएको थियो होला! एक गासँमै ३ टुक्रा खायो र अर्को टुक्रा मुखमा च्यापेर बाहिर लिएर गयो।

मैले खाइसकेपछि त्यो कुकुरलाई बाँकी रहेको खानेकुरा बाहिर लगेर खान दिए। उसले मज्जा चपाउदै खायो।

म बिल तिर्न काउन्टरमा पुगे र भने, " दिदी कति भयोे हाम्रो?"
उनले भनिन्, "एक प्लेट सेकुवा, दालमोठ र भुजीयाको ४००!"
म प्रतिप्रश्न गरे, " दिदी महंगो भएन?"
उनले प्रतिउत्तरमा भनिन् " यास्तै हो भार्इ यहाँ, सबै थोक महंगो छ।"
मलाई धेरै बादविवाद गर्न मन लागेन र चुपचाप दिए र हिडे।

अाहिले, यो लेख्न बस्दा यसो बिचार गर्दा उनले मलाई  दिएको कुरा को हिसाबकिताब गर्दा:
१) मानौं, पुरा प्याकेट भुजीयाको रु.३० हो भने र यदि त्यस एक कचौरा प्केटको १/३ हो भने एक कचौराको रु.१० पर्छ
२)  दालमोठको रु. १५ (बजार मूल्य अनुसार)
३) सेकुवाको मानौं ७५ रुपैयाँ (२५० ग्राम मासु)
४) होटल सन्चालन खर्च रु. १००

जोडदा निस्कन्छ रु.२००। अब, मानौं होटल क्षेत्र हो सामान धेरै खेर जान सक्ने सम्भावना छ त्यहिँ भएर नाफा मानौं ५०% राखौं ताकी अरू कुनै खुद्रा खर्चको लागि । यो हिसाबको अनुसार त रु.३०० हुनुपर्ने! तर, याहाँ त १००% नाफा राखिएको छ।

राम्रो रेष्टुरेन्टमा त्याहाँको वातावरणको पनि मूल्य लाग्छ। यो कारणले पनि केही हदसम्म यति पैसा जायज मान्न सकिन्छ। परन्तु, याहाँ त न अारामदाय कुर्सीको बेवास्ता छ न त अडर लिने सेवकको!फोहोर पनि उतिकै!

यसरी गुणस्तर बिना कहिलेसम्म भनेको जति तिर्ने? यदि हामी युवा मिलेर यस्ता गुणस्तरहीन ठाउँ बहिस्कार गरेर केवल राम्रोमा जाने गर्यौं भने सायद यस्ता रेष्टुराँले पनि गुणस्तरमा वृद्धि गर्छन कि?

No comments:

Post a Comment