पेट कराउन थाल्यो।
"गुल गुल"
यसो घडी हेरे। दिउँसोको १ बजेको थियो।
"अब त त्याहाँ पनि मःमः बन्छ होला।" मनमनै सोचेँ र बाइकमा निस्के।
रोड हिलैहिलो थियो। बइक रोक्नु पर्यो भने जुता खत्तम हुन्थ्यो। तर, के गर्नु जाममा नपरिकन पनि जान नसकिने! अगाडीको गाडी रोकियो। बाटो हिलैहिलो छ । स्पिड कम गरे र क्लज र एसीलिरेसन मिलाउदै हिलो नभएको बायाँ तर्फ रोक्दै एउटा खुट्टा टेक्दा हिलो नपर्ने ठाउँमा टेको।
"झण्डै हिलोमा परेको!" मनमनै सोचेँ।
बेशीगाउँ को मन्दिरबाट बायाँ तर्फबाट गल्लीमा छिरेर नारायणटार तर्फ लागे। गल्लीबाट छिर्दै रार्इ स्कुक नजिक पुगे।
यसो हेरे बोर्डमा कालो अक्षरले लेखिएको थियो, "फ्याफूल्ला फास्टफुड एण्ड रेष्टुरेन्ट"
अस्ति देखेको होटल यहीं हो जस्तो लाग्यो! भित्र पसे। चारवटा टेबल र हरेक टेवलमा एउटा पानीको वोटल र sauce थियो। मेन्यु पल्टाएर हेर्न थाले।
"के लिनु हुन्छ दार्इ?" भन्दै, त्यहींको काम गर्ने भाइल अायो।
"एक प्लेट म:म: प्याक गर्देउ न, चिकेन" भने, र मेन्यु उसको हातमा थमाए।
एक छिन मोबाइलमा फेसबुकको फिडहरू scroll गरेर बसे।
छेउमा वसेको भार्इले सोध्यो, "Have you been handcuffed? "
"Sexually or by law enforcement", भन्दै युवतीले जवाफ दिइन्।
मैले पिलिक्क भाइलाई हेरे। भाइ एकछिन अक्मक्यो र कुरा गुमाउदैं मौसमको बारेमा बोल्न थाल्यो।
म पनि नसुन्या झैं गरी मोबाइलमा बुढी अौला दौडाउन थाले। र, तल तपसिलमा रहेको पोस्ट देखे!
![]() |
Source: terribly dank tales |
हासे थाम्नै सकिन र हातले मुख छोप्दै हासे।सायद, उसले देख्यो होला। बिचारा नराम्रो मुख नराम्रो बनाउदै थियो! केही बेर पछि भाइलाई हेरे उ युवती देखि एकदम uncomfortable भइसकेको थियो। सायद, त्याहाँबाट निस्केर जान चाहान्थ्यो! परन्तु, केटीलार्इ भर्खरै भेट्या छ कसरी जाअेस। कस्तो पर्साद!
म उठेर ट्वाइलेट तिर लागे र नित्यकर्म सकेर एेना हेर्दै कपाल मिलाउदै थिए। त्यहीं बेलामा त्यो भार्इ पनि भित्र अायो।
"दार्इ यार के गरैं? त्यो केटी राम्रो होला भनेको त कस्तो रे छे" उसले भन्यो, "झन अबको एक बर्षमा बिहे गरौंला भन्या! एक महिना देखि उसँग हिडेको; कस्तो forward रे छे!"
"उसको र तिम्रो value system एक छैन होला! उनी अलीकति भिन्न सोच कि जस्तो छ। त्यति सानो कुरामा दुःखी नबन!", मैले यति भने र बाहिर निस्के।
बाहिर निस्केर हेर्दा प्लास्टिकमा प्याक गरिएको केहीं कुरो काउन्टरमा देखे र सोचेँ यो मेरो होला सोध्छु।
"दिज्यू, यो मलाई हो?"
मोबाइल बाट अाँखा हटाएर मलाई हेर्दै भनिन्, "हो।"
"अनि कति हो त दिज्यू यसको?"
"रु.१३५"
वालेट निकाले र रु.१५० दिए।
कुर्सीमा फोन चलाउन बन्द गर्दै उनीले रु.१५ फिर्ता दिइन् र म बाइक तर्फ लागे ।
बाइकमा चढ्दा मलाई त्यो केटो को याद अायो। यसो भित्र हेर्दा उ केही chill भएको जस्तो लाग्यो र एक चोटी लामो सास फेरे र घर तर्फ अगि बडे।
No comments:
Post a Comment