Wednesday, 20 February 2019

मानव विस्मृती

कोट्याउँ कोट्याउन सकेन टालोस टाल्न पनि सकेन
भनोस केही भन्न सकेन चुप लागोस त्यसो गर्न सकेन

खाल्टा खुल्टी टाल्छ ठूलो खाडल पुर्न सकेन
गुहार माग्ने अाँट गरेन सहयोग माग्दै मागेन

अाँखा देख्छ हेर्दा हेर्दै केही भेट्नै सकेन
अन्धो होइन मान्छे अाफूले अाफूलाई देख्न सकेन

सुन्छ धेरै सुनेको छ के सुन्यो? पत्तै भएन
सुन्नु नसुन्नुमा के फरक भयो र बहिरो हुँदै होइन

हिडेको छ हिड्दै छ कति हिड्ने थाहा भएन
अाफैं हिडेको बाटो घाटो विर्सिएछ लंगडोनी होईन

खान्छ कहिले देखि खायो पत्तै नपाई खाईरहेछ
अझ कति खाने छ खानसम्म खाइसक्यो हिसाबै भएनछ

बिहानी उज्यालो देख्छ दिन हो भन्ने महसुस गर्छ
सुर्य अस्त सँगै रात अाउँछ निन्द्रामा मरेको हुन्छ

अास गरेको छैन अरूको अास पुर्याउन सकेन
मन भएको मान्छे हो कि होइन अाफूलाई छुट्याउन सकेन

मांगने अाउँछ सकेसम्म थोरै दिन्छ उ सन्तोष भयो भएन
सकेसम्म दिनुपर्थ्यो मानिस दानि हुँदै होईन

कहिले काहीँ मन्दिर धाउँछ ईश्वर भेट्न सकेन
किन भेट्छ ईश्वर अाफैं भक्त बन्न सकेन

पुजा गर्छ ध्यान पनि गर्छ ईश्वर बोल्दै बोलेन
किन बोल्छ ईश्वर? चनचले मनलाई पोल्नै सकेन

धेरै गुरू भेटेको छ असल गुरू चिन्न सकेन
अल्प बुद्धिले होला असल गुरू को पछि लाग्न सकेन

उमेरले नेटो काटेको छ अन्तिम दिन अाँउदो छ
जीवन अाफ्नो हुँदै होइन मनले अलमल्याउँछ

बच्चा बन्यो युवा बन्यो प्रौढ हुँदै बुढ्यौलीले घोप्टीएछ
खाने सम्म हन्डर गोता खादाँ पनि जीवनलाई घोटिरहेछ

पागल भनौ पागल होईन होस छ भनौ दुःख पाइरहेछ
मन ठिक नराख्दा दुखी भएछ सन्तोष लिन जाने सब दुःख हट्छ

कुरा असल गर्छ गरे अनुसार गन्तव्य अाफै बिराउँछ
अाफै विराई हिड्नेले अरूलाई किन सिकाउँछ?
मन उरालिन्छ बुद्धि बिराउँछ त्यसैले ठक्कर पाउँछ
बुद्धि अाफ्नो ठीक राख्दैन दुःख पाए अरूलाई दोष लगाउँछ

मानिस त सबै हुँ भन्छन् मानव बन्नै सकेनन्
कस्तो मानिस हो भन्दा अाफैंलाई छुट्याउन सकेनन्

सडकमा ढलेको जीव देख्छ सहयोगको हात फैलिएन
कस्तो रहेछ मानव मन पग्लिदै पो पग्लिएन

अादर सद्भाव गरे जस्तो ढोग भेट गरेको हुन्छ
पछाडी परे पछि बदख्वाई गरि अाफैं ढोंगी बन्छ
त्यस्तो द्धैध व्यवहार नगरे हुने हो किन पाप बोक्छ?

फुर्सदमा ईश्वर मन्दिर दर्शन गरे जस्तो गर्छ
मौका पाउँदा काटी जीव हत्या गरि हसुर्छ
यस्तो छेपारो प्रवृत्तिले जीवनलाई अधोगतिमा धिसार्छ

अर्कालाई दुःख पर्दा अादर्श देखाई सम्झाउने गर्छ
अाफैंलाई पर्दा अादर्श बिर्सि टाउको ठटाउँछ
यस्तो अादर्श बोकी हिड्ने पनि बेकार हुन्छ

सामाजिक काम गर्ने हौं भनि खुब गफ लगाई बस्छ
मौका पर्दा बकुल्लाले जस्तो गरि अाहारा खाई दिन्छ
यस्ता मानिस अाज भोलि दुधले नुहाए जस्तो हुन्छ

गर्ने मानिस खुब गर्छ निस्वार्थ पनि छ
यस्ता निस्वार्थीले अपजस खानु सम्म खान्छ
तै पनि अपजस देखि पछि नहटि कर्तव्य गरि रहन्छ

खराब हो भनि जान्दा जान्दै पछि लाग्ने गर्छ
पछि लाग्दा लाग्दै खाडलमा अाफैं पो पर्छ
दुरबुद्धिको कारणले मानव जीवन बर्बाद गर्छ

धेरै बाच्ने अास मनले बोकेर हिड्छ
अाज हो कि भोलि हो कालले गोलि ठोक्छ
यस्ता मनोदषा बोकेर हिडे्नु बेकार हुन्छ

खराब जति अरूको सके सम्म देखाउने गर्छ
अाफ्नो खराब जति कसरी कहाँ लुकाउँछ?
दुष्कृत्य कुराले कति दिन उ रमाउँछ

मानवले मेरो मेरो भन्छ हाम्रो कहिल्यै भनेन्
हाम्रो भन्ने बानी नहुँदा मानव जीवन बनेन्
संसार चिन्नु पर्ने हो चिन्न पनि सकेनन्

No comments:

Post a Comment