दिदी (सितल) र भिनाजु (शिरीष शर्मा) लिन अाउँनु भएको रहेछ। हामी M5 को हाइवे समाएर Penshurst तिर लाग्यौं। बाटो ठूलो मान्छेको भिड थिएन् कहीं अर्कै दुनियामा अाएको जस्तो महसुस भयो।
12 Arcadia Street, Penshurst, NSW, 2222 को तेस्रो फल्याटमा पस्यौं।
लामो समय पश्चात शन्ध्या दिदीसँगको भेट। सुत्ने रूम त रहेन्छ, दिदीले म भूइमा सुत्छु भन्नुभयो तर मैले जिद्दी गरेर अाफैं सुते।
पहिलो दिन दिदीसँग गएर रजिस्ट्रर गर्यौं।
Hurstville मा अोर्ल्यौं। उनीले टिकट छिराएर बाहिर निस्केको देखेर मैले पनि त्यसो गरें तर त्यो डोका छिटो बन्द हुन्छ कि भन्ने डर भने मनमा थियो। हामी Escalator बाट अोर्लेर Forest Road मा अायौं। उनी एकछिनमा अाउँछु भन्दै NAB लेखेको भित्र पसिन्। म बाहिर बसे।
"दिदी, यो NAB भनेको के को पसल हो?", भन्दै सोधें।
"त्यो पसल हैन लाटा बैंक हो।", हास्दै भनिन्। हामी कहाँ हिडिरहेका छौ मलाई केही थाहा थिएन्।
"What's your relationship with him?", भन्दै बैंकको कर्मचारीले सोधें।
"हि इज माई ब्रदर!", हास्दै जवाफ दिइन्।
बैंकमा खाता खोलिदिनुभयो।
यस गरी विभिन्न व्यक्तिसँग सोध्दै, बिस्तारै सिड्नीमा भिज्दै गएँ जुनको विस्तृत विवरण अगाडी गर्नेछु।
दिदीको सन्दर्भमा भन्नुपर्दा, सिड्नीमा पाइला टेके देखि र छेड्ने समयसम्म उहाँले अनेकौं रूपमा सहयोग गरिरहनुहुन्थ्यो। उहाँको चरित्र एकदम असल, मिलनसार, हसिलो र sociopath!
सधैं grocery shopping गर्ने, अादि सबै ठाउँमा भ्याउनु हुन्थ्यो। म पनि सहयोग गर्न जान्थे। एकदिनको कुरा हो, म पनि उहाँसँगै गएको थिएँ।
"केही किन्नु छ भने लिउ है!",भनेर सोध्नुभयो।
मैले खुरुखुरु गएर whole chicken ल्याएँ। उनी मज्जाले हाँस्नुभयो!!!
१९ वर्षे ठिटो (त्यो समय) नजरमा उहाँको परिस्थिति बुझ्न सक्ने क्षमताले मलाई सधैं चकित बनाउथ्यो।
मेरो अगाडीको पानाहरूको कथनमा सो सम्बन्धीत घटनाक्रम अनुसार विश्लेषणात्मक रूपमा वर्णन गरेको छु।
दिदीको २-१० बजेको ड्युटी थियो। भिनाजुलाई एकदमै पिउनु र Poker(जुवा) खोल्ने सोख थियो। उनी राम्रो अफिसमा एकाउन्टेन्टको काम गर्थें। र, उनको कामको समय अफिसियल टाइम थियो त्यसैले बेलुका ५.३० सम्ममा घर अाइसकेका हुन्थें। म र भिनाजु एकदम मिल्ने भइसकेका थियौं।
साँझपख हाम्रो बास "Penshurst Hotel" मा हुन्थ्यो।
एकदिनको कुरा हो, दिदी र भिनाजुको झगडा परेछ। म कलेजमा नै बसेर असाइनमेन्ट गेरेर फर्कदाँ ढिलो भइसकेको थियो। Rockdale तिर पुग्दा भिनाजुले फोन गरे बाबु म यहीं 'पब' मा छु भन्दै। पेन्सह्रस्ट स्टेशनमा अोरलिए नेपाली पसलको दाईसँग हात मिलाउँदै अगि बढें र सिधैं पोकर खोल्ने रूममा पसें किनकी मलाई थाहाँ थियो उनी पक्कै त्यतै हुन्छन् र, यदि यो बोध नभएको भए मैले अर्को द्वारबाट पस्नु पर्ने हुन्थ्यो।
भित्र पसे उहाँ पिउँदै, पोकर खोलिरहेका रहेछन्। म अाएको देखेर वेटरलाई अर्को एक गिलास मगाएँ। कोठा भरि जुवाडेँका चुरोटबाट निस्केको धुवासँगै पोकरको खेलको ध्वनी पनि थियो। बियर अायो; मरभूमिमा पानीको प्यासले तढ्पेको व्यक्तिझैँ भइसकेको म त्यो गुटको अानन्द बयान गर्न चाहे पनि मेरो मगजको शब्दकोशका कुन 'शब्द' ले त्यो भावलाई न्याय गर्छ भनेर किट्टान गर्न सक्दिन्। केहीँ हात उहाँले जित्दैँ हुनुहुन्थ्यो, तर जुवाँबाट कमाऊला भन्ने मनोभावले नै युदिस्टिर पनि सर्वस्व गुमाएँ! धन्न, मलाई दाऊमा लगाएनन् 😂 !
ट्याबलेट जान थियो तर गर्डले धेरै लागेको छ भन्दै छिर्न दिएनन्। हामी पबको ठिक अगाडीको पार्किङ लटमा गयौं। र, भिनाजुले भित्ता देखाउँदै भने 'कान्छा' यो भित्ताको के काम! हामीले नित्यकर्म त्यहीँ भ्यायौं, तर अाफूले नेपाल हुँदा सुनेको कुरा याद अायो, "विदेशमा त सबै ठाउँ सफा, क्यामरा राखिएको र सुस्टम्याटिक!"
म र मेरो मन खित्का छोडेर हास्यौं।
"अाज घरमा डिस्कस पर्यो। के-के भयो!", भन्दै लड्बढाउँदै हुनुहुन्थ्यो उहाँ।
"रिसको जोकमा यसलाई पनि उठाएर ल्याए!", भन्दै हल्लिँदै खल्तीबाट गाडीको साँचो निकाल्नु भयो।
"हैन हाम्रो घर त्यहीं पल्लो स्ट्रिटमा हो, गाडीलाई यहीँ छोडैं र हिडैं।", भने उनको र अाफ्नो हालतको अनुमान गरेर।
उनीले खल्तीबाट केहीं निकाल्न खोजिरहेका थिएँ तर त्यो फोला पारेनन्।
"तिमी चिन्ता नगर म पुर्याउँछु तर पहिला चुरोट किन्ने पसलमा जाऊँ है!", भन्दै अाट गर्दै ड्राइभिङ्ग सिटमा बस्नुभयो।
हामी पेन्सह्रस्टको RSL को सँगैको पार्किङबाट गाडीमा निस्क्यौं। उहाँ यदि झ्याप हुनुहुन्थ्यो कि लेनको बिचबाट गाडी चलाउँदै लाग्नुभयो। हामी बलबल फरेस्ट रोडको वि.पि. को Convenience Store मा गएर रोकियौं।
"तपाईले कहाँ त्यसरी बिचको लेनबाट गाडी चलाउँनु भएको?", ठूलो स्वरले उहाँलाई भने।
"तिमी झ्याप भइसक्यौं रूपेश!", भन्दै गल्ती नगरेको झैं फूर्तिमा जवाफ फर्काउनुभयो।
"लै!", भने मनमनै।
क्यासियर पनि हामीलाई अनौठों तरिकाले हेरिरहेका थिएँ।
हामीले सिग्रेट र अाइसक्रिम किन्यौं। र, गाडीको बाहिर बसेर खायौं। उहाँले सिग्रेट पिउँनुभयो।
"अब गाडी म चलाउँछु।", भन्दै साँचो लिए।
उहाँले हिचकिचाउँदै दिनुभयो।
एक जना युवा हर्न बजाउँदै अाए पछाडीबाट! पख खैरे!अाफू होसमा रहेको जस्तो महसुस गरिरहेको थिएँ त्यसैले पनि गाडीको एसलिरेटर दबाए; तेल ट्यांकिबाट बगेर इन्जिनसम्म पुग्यो, त्यसलाई उछिन्दै हामी अगि पुग्यौं। तर ति व्यक्तिले झन् हर्न बजाउँदै र बिम लाईट बाले र 'Fuck' साइन देखाउँदै अोभरटेक गरेर अगाडी गए।
"बाबु यसलाई अोभरटेक गरिहाल त!", भन्दै भिनाजु तातिए। र, बेस्कन टाउको माथिको Hand rest को लागि बनाएको फलाम समाएँ। मैंले पनि सिटबेल्ट मिलाएर लक गरिदिएँ। हामी तयार भयो!!
उनीलाई जोडले अोभरटेक गरे र उनको बाटो छेकेर चलाएँ। उनी मलाई अोभरटे गर्न अर्को लेनतिर जादैँ थिए, मैले पनि त्यही लेन च्यापी उनलाई जान दिइन्। त्यो एरियाको राम्रो ज्ञान थियो; अगाडी 'Roundabout' अायो हाम्रो गाडीले छेकेको थिए उनको दृश्यलाई! हामी लेफ्ट तिर लाग्यौं तर उनी भनि ब्रेक हान्न नभाएर झाङ्गमा गएर जाकिएँ! सायद, हामीले हास्दै जोडले हाइफाइब गर्यौं!
"बाबु, बाबु!", भन्दै मेरो शरीर हल्लिँदै गरेको अवस्थामा म बिउँझिए।
"कति चाढो उठाको!", झर्को मान्दै भने।
"कार कहाँ छ!, दिदी त यहीं छे", भन्दै भिनाजुले अातिदैँ सोध्नुभयो।
"खोइ याद छैन्।"
"तल ग्यारेजमा त छैन।"
तनाव!!!
हामी फरेस्ट रोडको वि. पि. को स्टोरमा गएर हेर्यौं, पार्कमा गएर हेर्यौं, पेन्सह्रस्टको सबै ठाउँमा खोज्यौं तर कार कहीं भेटिएन्।
पसिनाले चुर्लुम्म भिजेको हामी घर अाउँदा गाडी त भर्खरै सर्भिसिङ्गबाट निकालिएको जस्तो देख्यौं। नजिक गएर एेनामा सर्भिसिङ्गको मिति हेर्दा अाजको देख्यौं। हामी दुबै एक अर्कालाई हेरेर लामो सास फेर्यौं।
***
No comments:
Post a Comment