Friday, 15 March 2019

च्यातिएको मेरो देश

०८/११/२०७५

अाजभोलि मेरो देश च्यातिएको र चिथरीएको छ
माओवादी टालोले टालौ भन्दा टालो दुई टुक्रा भएको छ

मदेशी मोर्चाको टालोले टाल्न खोज्दा देश कुरूप भैरहेछ
कांग्रेसी टालोले टाल्न खोज्दा विदेशीले छेक्यो रे

एमाले भन्ने एउटा टालो समाउँदा त्यो  पनि कुहिएको छ रे
साना साना झिल्के मिल्के टालोले पनि टालिँदै टालिएन

वित्तिसे टालाले पनि मेरो देश टालिँदै टालिएन
देशको हालत देखेर मेरो मन अौधी च्यातिएको छ

भन्नता देश स्वतन्त्र छ भन्छन् विदेशीको दवाव छ रे
प्रभू छन रे दबाब छ रे जनताले भनेको होइन हजुर नेताले भनेको

विदेशी प्रभुसँग घुँडा टिक्दैनौ भन्ने नेता लुकी छिपी जान्छन्
विदेशीले खान बोलाए नेता भन्ने खुरूक्क जान्छन्

जनतालाई कति दिनसम्म झुटो भाषण यी गर्छन
जनताले बुझेसके अब यीनलाई अवश्य पाखा लगाउँन।।

No comments:

Post a Comment