Sunday, 17 March 2019

स्वाभिमानको अपमान!

वास्तविकताको खोजी हुँदो रहेनछ,
फोनको भरमा मात्र काम हुँदो रहेछ।।
मानीसै मानिसको मानिस हेरिदो रहेछ,
सोर्स र फोर्सको धागो खोजीदो रहेछ।।

शक्ति र सोर्स बेगर अाउँनेलाई यहाँ,
गाडामा गोरू लादे जस्तै लादिदो रहेछ।।
गोरूलाई घाँस देखाएझैँ काममा लगाईदो रहेछ,
कामको लागि भविष्यको सपना देखाईदो रहेछ।।

अाफन्तको मात्र भविष्य हुँदो रहेछ,
साधारणलाई त कुठाराघात हुँदो रहेछ।।
वास्तविकतालाई कोठामा थुनिदो रहेछ,
सोर्स र चाकडीवादको बाटो मात्र रहेछ।।

सत्य बोल्नेको मुखमा बिर्को हालीदो रहेछ,
सत्य बोल्दा अप्ठ्यारोमा परिने रहेछ।।
यस देशमा प्रशासन यस्तै रहेछ,
विवेक र स्वभिमानीहरूको दिन गएछ।।

काम गर्नेलाई त हरेशको भोज खुवाईदो रहेछ,
चाकडी चाप्लुसीहरूको विजय हुँदो रहेछ।।
वास्तविकता खोज्यो भने कूठाराघात हुँदो रहेछ,
चाकडी र चाप्लुसी नगर्नेलाई ढोका बन्द हुँदोरहेछ।।

सहिमार्गको काम भन्दा चाकडीवालनै विजेता हुन्छ,
वास्तविक काम गर्नुभन्दा चाकडी गराउन प्रोत्साहित गरिन्छ।।
चाकडी चाप्लुसी गर्नु नै यहाँको वास्तविकता हो,
चाकडी चाप्लुसी गर्नेहरू यो देशको विजेता हो।।

सही किसिमको काम गर्नु गाडाको गोरू जस्तै हो,
विवेकले असल काम गर्नु फाँसीको लास जस्तै हो।।
सबै नेपालीमा उक्त किसिमको रोग नहोला,
यस्तो रोग नेपालमा फैलियो भने के होला?

No comments:

Post a Comment