Friday, 22 March 2019
५ लाख भन्दा बढी कारोबारको लागि प्यान अनिवार्य, बैशाखदेखि लागु
नेपाल धितोपत्र बोर्ड प्यान कार्यान्वयनका सम्बन्धमा लगानीकर्तामा केही दुविधा उत्पन्न भएको भन्दै थप प्रष्ट पारिदिएको छ । १ पटकमा ५ लाख रुपैयाँभन्दा बढीको कारोबार मात्र प्यान अनिवार्य गरिएको हो ।
तर कसैले एकै दिन ५ लाख रुपैयाँभन्दा कम रकमको सेयर जति पटक कारोबार गरे पनि प्यान अनिवार्य नहुने बोर्डले जनाएको छ । तर लगानीकर्ताले ऐच्छिक रुपमा भने प्यान प्रयोग गर्न सक्नेछन् ।
बोर्डले आगामी बैशाख एक गतेबाट दोस्रो बजारमा एक पटकमा ५ लाख वा सोभन्दा बढी कारोवार गर्ने लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने भएको छ ।
सन्दर्भ सामग्रीहरू:
(विभिन्न एजेन्सी)
Labels:
बजार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment