१० चैत २०७५
काठमाण्डौं, नेपाल।
साता सुरू भएको पहिलो दिनमा नै शेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ।
सुधारका काम अघि बढिरहँदा पनि नेप्सेको गति भने लगानीकर्ताले अपेक्षा गरे अनुसार माथि जान सकेको छैन । यता, सेयर लगानीकर्ताले भने सरकारले सेयर बजार सुधारमा काम गर्न नसकेको बताइरहेका छन् । साे क्रममा प्रहरी र लगानीकर्ताबीच झडपकाे समेत अवस्था सिर्जना भयाे ।
थोरै नाफा हुने बित्तिकै बिक्रीको चाप, लगानीकर्ता र नियमक निकायको खिचातानीका कारण नेप्सेको उँभो लाग्ने गति फेरि सुस्त भएको देखिन्छ ।
आइतबार नेप्से परिसूचक ५.७८ अंकले घटेर ११४३.८० बिन्दुमा झरेको छ। यस दिन १६६ कम्पनीको ८ लाख ३० हजार ६८ कित्ता शेयर ७ हजार ३३६ पटक खरिद बिक्री हुँदा २३ करोड २४ लाख रूपैयाँ बराबरमा काराेबार भयाे।
चित्र नं.१ः नेप्से परिसूचक
आजको दिनमा कारोबारमा आएका १० उपसमूह मध्ये जलविद्युत उपसमूहको सूचक मात्र १ अंकले सकारात्मक भएको छ भने बाँकी ९ वटै उपसूहको सूचक नकारात्मक भएका छन् । हाइड्रोपावर बाहेक बाँकी सबै समूहका सूचक राता देखिएका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक ५४.६९ अंकले घटेको छ । यस्तै जीवन बीमा ४३.१४, होटल १९.०९, उत्पादन तथा प्रशोधन १३.६६, विकास बैंक १२.२, लघुवित्त ८.८१, वाणिज्य बैंक ४.६५, अन्य १.४१ र वित्त समूहको सूचक ०.३८ अंकले तल झरेको छ ।
चित्र नं.२ः उपसमूह
कारोबार रकममा आशा लघुवित्त वित्तीय संस्थाको सेयरले अग्रता लिएको छ । यस्तै क्रमशः सिद्धार्थ बैंकको संस्थापक सेयर, नागरिक लगानी कोष, माथिल्लो तामाकोशी, नेपाल लाईफ, एनएमबि, नेपाल ऋेडिट एण्ड कमर्स बैंक, चिलिमे जलविद्युत, ग्लोबल आइएमई बैंक र एभरेष्ट बैंक कारोबारको हिसाबले प्रमुख १० भित्र परेका छन्।
चित्र नं.३ः कारोबारको आधारमा प्रमुख संस्था
यद्यपि, बिमा कम्पनीहरुले पनि सेयर बजारमा लगानी गर्न पाउने, ब्रोकर मार्फत मार्जिन कारोबार गर्न पाउने, लिलामी सेयर उपत्यका बाहिरबाट भर्न पाइने, प्यान प्रकरणको निर्कोल, बैंक ब्याजदरमा कमि, धितो मार्जिन कर्जाको सीमा वृद्धि जस्ता कारकले विस्तारै बजारका समस्या निराकरण हुँदै जाने र विस्तारै बजार पुनः सकरात्मक दिशामा फर्किने सहयोग गर्ने विश्वास गर्न सकिन्छ ।
सन्दर्भ सूचीः
विभिन्न ऐजेन्सी
No comments:
Post a Comment