Wednesday, 20 March 2019

शिवम् सिमेन्टको सेयर सूचीकृत, कतिमा खल्ने छ कारोबार??

५ चैत २०८५
काठमाडौं, नेपाल।

शिवम् सिमेन्टको ४ करोड ४० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । बुधबार होलीको अवसरमा सार्वजनिक विदा परेकाले यसको सेयर कारोबार बिहीबार (चैत ७ गते) देखि खुल्नेछ ।

शिवमले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रिमियम सहित प्रतिकित्ता २०० रुपैयाँ र सर्वसाधारणका लागि प्रतिकित्ता ३०० रुपैयाँको दरले प्राथमिक शेयर निष्काशन गरेको थियो।

शिवम् सिमेन्टकाे शेयर सूचीकृत भएसँगै नेप्सेमा उत्पादन तथा प्रशोधन उपसूचकमा थप एक कम्पनी थपिएको छ। यसअघि यस उपसमुहमा १८ वटा कम्पनी सूचीकृत रहेका थिए।

कम्पनीको बुझाएकाे वित्तीय विवरण अनुसार नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम १६१ रुपैयाँ ६० पैसा देखि अधिकतम नेटवर्थको तीन गुणासम्म अर्थात ४८४ रुपैयाँ ८० पैसासम्म कारोबार रेञ्ज प्रदान गरेकाे छ ।

No comments:

Post a Comment