Wednesday, 20 March 2019

अनलाईनमा समस्या आउँदा, कारोबार रकमा दबाब!

पुँजी बजार सुस्त देखिएको छ । अल्पकालीन कारोबारीले नाफा बुक गर्दा सूचकले सामान्य दबाब सामाना गर्नुपरेको हो । पछिल्लो २ साता बजारले राम्रै गति लिएको थियो । ११ सय विन्दुमा आइपुगेको नेप्से बढेर ११६६ विन्दुसम्म पुग्यो ।

नेप्से सूचक मंगलबार ६.८३ अंकले घटेर ११४७.१५ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.५९% ले घटेको हो । १५८ कम्पनीको जम्मा १४ करोड ८३ लाख रुपैयाँ सेयर कारोबार भएको छ ।

मंगलबार अनलाइन प्रणालीको टीएमएसमा समस्या हुँदा कारोबार रकम प्रभावित भएको ब्रोकरहरुको भनाई छ । सो कारकले गर्दा अाजको दिन ५ लाख ३४ हजार ९९५ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

अाज कुल ११ वटा कम्पनीको सेयर कारोबार भएकामा १० वटा समूहको सूचक तल झरेका छन् भने होटेल समूहको सूचकमा कुनै पनि परिवर्तन छैन ।

अाजको ७२ अंकले बढेको जनउत्थान सामुदायिक लगुवित्त विकास बैंक लिमिटेड पहिलो स्थानमा रहेको छ। साथै दोस्रो नम्बरमा नागरिक लगानी कोष ५५, अाशा लगुवित्त संस्था लिमिटेड ४२, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड १०, श्री राम सुगर मिल्स लिमिटेड ९, नयाँ नेपाल लगुवित्त विकास बैंक लिमिटेड ८, सहयोगी विकास बैंक लिमिटेड ७, सिन्धु विकास बैंक ६, नेशनल हाईड्रोपावर कम्पनी लिमिटेड २ र गोबल अाईएमई सम्मुनत स्किम-१ ० अंकले बढेका छन्।

सन्दर्भ सूची:
- नेप्से
- विभिन्न एजेन्सी

No comments:

Post a Comment