काठमाण्डौं, नेपाल।
बुधबारको दिन पनि शेयर बजारमा सूधार देखिएको छ। गएको दिन ११६३.४७ मा रहेको नेप्से परिसूचक २ दशमलत ०१ अंकले बढेर ११६५.८४ मा पुगेको हो।
मंगलबार १६९ कम्पनीको ८ लाख ९३ हजार १२० कित्ता ५० करोड ८ लाख ८१ हजार ७३८ रूपैयाँमा कारोबार भएको थियो। यस दिन १७० कम्पनीको २० लाख २९ हजार ०१५ कित्ता ५४ करोड ५८ लाख १८ हजार ६१९ रूपैयाँमा खरिद विक्रि भयो। तुलनात्मक रूपले यो अग्गिलो दिनभन्दा शेयर संख्यामा १ लाख ३५ हजार ८९५ र कारोबार रकममा ४ करोड ४९ लाख ३६ हाजर ८८१ रूपैयाँको वृद्धि भएको हो। यो कारोबारको रकमको उल्लेख्य वृद्धिले शेयर बजारतर्फ लगानीकर्ताको आकर्षण बढेको बुझिन्छ।
![]() |
चित्र १ः नेप्से परिसूचक |
यसदिन कारोबारमा आएका १० उपसमूहमध्य केवल विकास बैंक ६.११ र बैंकिङ्ग ४.५३ अंकले सकारात्मक वृद्धि भएको छ। यसैगरी अन्य ०.९२, फाइनान्स २.०३, लघुवित्त २.३९, जीवन बीमा ३.८३, हाईड्रोपावर ३.९६, उत्पादन तथा प्रशोधन ५.१२, नर्जीवन बीमा ६.६१ र होटेल १५.८१ अंकले नकारात्मक रहेको छ।
कारोबारको दृष्टिबाट सबैभन्दा धेरै एनआईसी ऐसियाको ४ करोड ३७ लाख ३५ हजार ७९३ रूपैयाँ बराबरको खरिद विक्रि भयो। यस्तैः नेपाल क्रेडिट एण्ड कमर्श बैंकको ४ करोड १६ लाख ६६ हजार २६१, नेपाल बैंक लिमिटेडको २ करोड ९४ लाख ५० हजार ९२२, एनएमबी बैंकको २ करोड १४ लाख २० हजार ८९६, प्राइम कमर्सियल बैंकको १ करोड ९७ लाख १० हाजर ३३८, सिभिल बैंकको १ करोड ९० लाख ४३ हाजर ३२४, नेपाल बाङ्गलादेश बैंकको १ करोड ८३ लाख ३९ हजार ७४०, प्रभु बैंकको १ करोड ७९ लाख ३४ हजार २९५, माछापुच्छ्रे बैंकको १ करोड ५८ लाख ९३ हजार २६८ र सिद्धार्थ बैंकको १ करोड ५३ लाख ३० हजार ०४० रूपैयाँको कारोबार भएको छ।
यसदिनको बजारबाट सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स ४.६४ प्रतिशतको सकारात्मक सर्किटमा बढेको हो। यस्तैः कन्काई विकास बैंक ४.१३, लक्ष्मी इक्विटी फण्ड ३.८८, स्वदेशी लघुवित्त २.८३, साङ्गिला डेभलपमेन्ट बैंक २.८०, शाइन रेसुंगा डेभलपमेन्ट बैंक २.६१, खानीखोला हाईड्रोपावर २.६०, ग्लोबल आइएमई लघुवित्त २.४०, एनआईसी ऐसिया २.३५, नेपाल क्रेडिट एण्ड कमर्श बैंक २.२९ प्रतिशतले बढेका छन्।
उता युनिभर्सल पावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा धेरै ९.८४ प्रतिशतले गिरावट आएको छ। यो शेयर कारोबारमा आएदेखि निरन्तर गिरेको छ। यस्तोः सिन्धुविकास बैंक ४.९२, घलाम्दी हाईड्रोपावर ४.६३, हिमालयन पावर पार्टनर ३.६८, भार्गव विकास बैंक ३.६८, एनआईबिएल समृद्धि फण्ड-१ ३.५५, सपोर्ट माइक्रोफाइनान्स ३.३०, आइसिएफसी फाइनान्स २.५६, समीट माइक्रोफाइनान्स २.२७ र नेशनल माइक्रोफाइनान्स १.९८ प्रतिशतभन्दा बढीले गुमाएका छन्।
विभिन्न ऐजेन्सी
No comments:
Post a Comment