Tuesday, 2 April 2019

शेयर बजारमा उल्लेख्य वृद्धि, नेप्सेले मार्यो १३.७२ अंकको फढ्को

१९ चैत २०७५,
काठमाण्डौं, नेपाल।

साताको तेस्रो दिन शेयर बजारमा उल्लेख्य वृद्धि भएको छ। गएको दिनमा ११४९.९९ मा रहेको परिसूचक १३ दशमलत ७२ अंकले बढेर ११६३.४७ मा पुगेको हो।

सोमबार १२ लाख ६५ हजार ६६२ कित्ता  ३५ करोड २८ लाख १० हजार ७५० रूपैयाँमा कारोबार भएको थियो। यस दिन १८ लाख ९३ हजार १२० कित्ता ५० करोड ८ लाख ८१ हजार ७३८ रूपैयाँमा खरिद विक्रि भयो। अग्गिलो दिनको तुलनामा शेयर संख्यामा ६ लाख २७ हजार ४५८ र कारोबार रकममा १४ करोड ८० लाख ७० हजार ९८८ को वृद्धि भएको हो।

चित्र १ः नेप्से परिसूचक
 
आजको दिन कारोबारमा आएका १० उपसमूह मध्य सबैभन्दा धेरै जीवन बीमा ३८.८६ अंकले बढेको छ। यस्तैः होटेल २०.०१, बैंक १९.६७, उत्पादन तथा प्रशोधन ८.७३, अन्य ५.६१, विकास बैंक ३.६१, लघुवित्त २.२१ र फाइनान्स १.६८ अंकले सकारात्मक रहेको छ। र, निर्जीवन बीमा ६.७६ र हाईड्रोपावर ३.४८ अंकले नकारात्मक रहेको छ।  


चित्र २ः उपसमूह


टर्नओभरको दृष्टिबाट सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्श बैंकको ४ करोड २५ हजार ३७० रूपैयाँ रहेको छ। यस्तैः एनआईसी ऐसियाको ३ करोड ७६ लाझ ८४ हजार ४७१, एनएमबी बैंकको २ करोड ७१ लाख ५९ हजार १९२, नेपाल बाङ्लादेश बैंकको २ करोड २७ लाख ७५ हजार २२०, प्रभु बैंकको १ करोड ६ लाख ७८ हजार ३३०, प्राइम कमर्सियल बैंकको १ करोड ६३ लाख ६९ हजार ८४७, एभरेष्ट बैंकको १ करोड ६२ लाख ११ हजार ३३५, सिटोजन्स बैंकको १ करोड ५४ लाख ७५ हजार २६२, माछापुच्छ्रे बैंकको १ करोड ३४ लाख ५० हजार १५९ र सिभिल बैंकको १ करोड २९ लाख २६ हजार ५४६ रूपैयाँको खरिद विक्रि भएको छ।

चित्र ३ः धेरै कारोबार भएका कम्पनी
यो दिनको बजारबाट भार्गव विकास बैंक ९.४० प्रतिशतले सकारात्मक सर्किटमा सबैभन्दा धेरै बढेको छ। यस्तैः लक्ष्मी इक्विटी फण्ड ५.८९, एन.एम.बी हाईव्रिड फण्ड ५, पोखरा फाइनान्स लिमिटेड ४.६५, जानकी फाइनान्स ४.२७, सपोर्ट माईक्रोफाइनान्स बैंक ३.९२, एनआइसी ऐसिया ३.९०, राधी जलविद्युत ३.६६, रिलायन्स फाइनान्स ३.४८ र कुमारी बैंक लिमिटेड ३.३५ प्रतिशतले बढेको छ। 

चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता युनिभर्सल पावर कम्पनीको शेयरधनीले सबैभन्दा धेरै ९.५८ प्रतिशतले घटेको छ। यस्तोः कन्चन विकास बैंक ५.६६, युनाइटेड फाइनान्स ३.९८, जनउत्थान लघुवित्त ३.९६, अरुण भ्याली पावर कम्पनी २.८३, सांग्रिला डेभलपमेन्ट बैंक २.७२, खानीखोला हाइड्रोपावर कम्पनी २.५३, ङादी ग्रुप पावर २.४, उन्नति माइक्रोफाइनान्स वित्तिय संस्था २.३० र दिव्याक्ष्वरी हाइड्रोपावर २.२२ अंकले गिरेका छन्।
चित्र ५ः नकारात्क रहेका कम्पनी

 सन्दर्भ सूचीः
विभिन्न ऐजेन्सी

No comments:

Post a Comment