Friday, 12 April 2019

एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत

२८ चैत २०७५,
काठमाण्डौं, नेपाल।

एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद शेयरलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।
कम्पनीलाई १ः३ अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री गर्न दिने निर्णय बोर्डले  गरेकोे हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

अहिले २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैंया चुक्ता पूँजी रहेको एभरेष्टले ८२ करोड १९ लाख ४७ हजार ५०० रुपैंयाको हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद बिक्री पश्चात एभरेष्टको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैंया पुग्नेछ ।


सन्दर्भ सूचीः
विभिन्न ऐजेन्सी


No comments:

Post a Comment