Tuesday, 23 April 2019

नेप्से सूचक मंगलबार ३.७४ अंकले बढेर १२६०.६८ विन्दुमा

१० चैत २०७६,
काठमाण्डौं, नेपाल।

नेप्से सूचक मंगलबार ३.७४ अंकले बढेर १२६०.६८ विन्दुमा आइपुगेको छ । यस १७६ कम्पनीको १८ लाख १ हजार ५२२ कित्ता सेयर ६१ करोड ४१ लाख ४७ हजार ४११ रुपैयाँमा खरिदबिक्री भएको छ। 


सूचीकृत ११ वटा समूहमध्य केवल चारवटा मात्र सकारात्मक रहेका छन् । यस दिन उत्पादन तथा प्रशोधन सबैभन्दा धेरै ४६.०८ अंकले बढेको छ । यस्तैः निर्जीवन बीमा १६.४१, वाणिज्य बैंक ६.६६, फाइनान्स १.४५ र विकास बैंक ०.५७ अंकले बढेका छन्। मंगलबार जीवन बीमा समूह सबैभन्दा धेरै २२.२२ अंकले गिरेको छ। यस्तैः होटेल १७.३७, माइक्रोफाइनान्स ४.९५, हाइड्रोपावर ४.११, ट्रेडिङ्ग २.७९ २ अन्य २.१३ अंकले नकारात्मक भएका हुन् ।

छिमेक लघुवित्तको ४ करोड ९६ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । कारोबार रकमकै आधारमा क्रमशः नेपाल बैंक लिमिटेड, एनएमबी बैंक, एनआइसी एसिया, छिमेक लघुवित्त प्रमोटर, नबिल प्रमोटर, स्ट्याण्डर्ड चाटर्ड बैंक, एभरेष्ट बैंक, प्रभु बैंक र नेपाल लाईफ इन्स्योरेन्स परेका छन् ।  
यस दिनको बजारमा एभटेष्ट इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ९.८९ प्रतिशतले बढेको छ । यस्तैः श्री इन्भेष्टमेन्ट फाइनान्सको ७.१४, राढी जलविद्युतको ६.५८, उन्नति लघुवित्तको ४.९१, युनिलिभर नेपाल लिमिटेडको ४.०४, हिमालयन डिस्टिलरीको ३.६३, सिन्धु विकास बैंकको ३.१३, गरिमा विकास बैंकको २.४५, स्ट्याण्डर्ड चाटर्ड बैंकको २.३९ र रिडी हाइड्रोपावरको २.२२ प्रतिशतले शेयरमूल्य उकालो लागेको छ ।
उता, घलाम्दी हाइड्रोपावरको शेयरमूल्य ४.७९ प्रतिशतले घटेर १३९ रुपैयाँमा झरेको छ । अरूण काबेली पावरको ४.६७, भार्गव विकास बैंकको ४.०९, सिनर्जी पावर डेभलपमेन्टको ३.८८ प्रतिशतले घटेको छ ।
यसैगरी एनआइबीएल प्रगति फण्ड, सेन्ट्रल फाइनान्स कम्पनी, ग्लोबल आइएमई लघुवित्त, कालिका लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक र ग्लोबल आइएमई समुन्नत फण्ड-१ को शेयरधनीले क्रमर्श गुमाएका छन् ।
सन्दर्भ सामाग्रीः
- नेप्से

- विभिन्न ऐजेन्सी

No comments:

Post a Comment