२१ चैत २०७५,
काठमाण्डौं, नेपाल।
निरन्तर उकालो लागिरहेको बजारमा बिहिबारको दिन भने सामान्य रोकावट आएको छ। गएको दिन ११६५.८४ मा रहेको नेप्से परिसूचक ०.६४ अंकले तल झरेर ११६५.२० मा पुगेको हो।
बुधबार
१७० कम्पनीको २० लाख २९ हजार ०१५ कित्ता ५४ करोड ५८ लाख १८ हजार ६१९ रूपैयाँमा कारोबार भएको थियो। यसदिन १७२ कम्पनीको १७ लाख ६९ हजार ७०० कित्ता ४२ करोड ३४ लाख ९२ हजार ६६३ रूपैयाँमा कारोबार भएको हो। तुलनात्मक रूपले यो अग्गिलो दिनभन्दा शेयर संख्यामा २ लाख ५९ हजार ३१५ र कारोबार रकममा १२ करोड २३ लाख २५ हाजर ९५६ रूपैयाँको गिरावट भएको हो।
 |
चित्र १ः नेप्से परिसूचक |
कारोबारमा आएका १० उपसमूहमध्य सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन ६.०५ अंकले बढेको छ। यस्तैः निर्जीवन बीमा १.०५, बैंकिङ्ग ०.९५, फाइनान्स ०.५१ अंकले बढेको छ। यसैगरी, होटेल समूहले २३.४८ अंकले सबैभन्दा धेरै गिरेको छ। यस्तैः जीवन बीमा २०.०८, लघुवित्त ८.७७, विकास बैंक ४.५९, हाईड्रोपावर ०.८३ र अन्य ०.३४ अंकले घटेको छ।
 |
चित्र २ः उपसमूह |
टर्नओभरको दृष्टिकोणबाट यसदिन सबैभन्दा धेरै एनआईसी ऐसिया बैंकको ४ करोड ३७ लाख ३५ हजार ७९३ रूपैयाँ बराबरको करोबार भएको छ। यस्तैः नेपाल क्रडिट एण्ड कमर्श बैंकको ४ करोड १६ लाख ६६ हजार २६१, नेपाल बैंक लिमिटेडको २ करोड ९४ लाख ५० हजार ९२२, एनएमबी बैंकको २ करोड १४ लाख २० हजार ८९६, प्राइम कमर्सियल बैंक १ करोड ९७ लाख १० हजार ३३८, सिभिल बैंकको १ करोड ९० लाख ४३ हजार ३२४, नेपाल बाङ्गलादेश बैंको १ करोड ८३ लाख ३९ हजार ७४०, प्रभु बैंकको १ करोड ७९ लाख ३४ हजार २९५, माछापुच्छ्रे बैंक १ करोड ५८ लाख ९३ हजार २६८ र सिद्धार्थ बैंकको १ करोड ५३ लाख ३० हजार ०४० रूपैयाँको खरिद विक्रि भएको छ।
 |
चित्र ३ः धेरै कारोबार भएका कम्पनी |
यसदिनको बजारबाट सबैभन्दा धेरै सिन्धु विकास बैंक ५१९ प्रतिशतको सकारात्मक सर्किटमा बढेको छ। यस्तैः भार्गव बैंक ५.१०, सामुदायिक फाइनान्स ४.५३, जानकी फाइनान्स ३.५७, एनआईबिएल समृद्धि फण्ड-१ ३.४५, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक ३.३१, राडी जलविद्युत २.९८, गुडविल फाइनान्स २.५०, मितेरी डेभलपमेन्ट बैंक २.१३ र सिटी एक्सप्रेस फाइनान्स २.०२ प्रतिशतले बढेको छ।
 |
चित्र ४ः सकरात्मक रहेका कम्पनी |
उता
युनिभर्सल पावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा धेरै ९.२४ प्रतिशतले गिरावट आएको छ। यस्तैः राष्ट्रिय बीमा कम्पनी प्रमोटर शेयर ३.९१, कालिका माईक्रोक्रोडिट डेभलपमेन्ट बैंक ३.७२, कन्काई विकास बैंक ३.१७, नेपाल हाईड्रो डेभलोपर ३.१४, किसान माइक्रोफाइनान्स २.९४, खानीखोला हाईड्रोपावर २.५३, नागबेली लघुवित्त २.१४३, दिव्याक्ष्वरी हाइड्रोपावर २.२७ र आईएमई जनरल इन्स्योरेन्स २२०अंकले गिरेका छ।
 |
चित्र ५ः नकारात्क रहेका कम्पनी |
सन्दर्भ सूचीः
विभिन्न ऐजेन्सी
No comments:
Post a Comment