काठमाण्डौं, नेपाल।
साताको पहिलो दिन पनि शेयर बजार निरन्तर उकालो लागेको छ। गएको दिन ११६५.२० मा रहेको नेप्से परिसूचक १७ दशमलत १६ अंकले बढेर ११८२.३६ मा पुगेको हो। बजार लामो समय पश्चात पहिलोपटक १८० दिनको एभरेजभन्दा माथि पुगेको हो।
बिहिबार १७२ कम्पनीको १७ लाख ६९ हजार ७०० कित्ता ४२ करोड ३४ लाख ९२ हजार ६६३ रूपैयाँमा कारोबार भएको थियो। यसदिन १६८ कम्पनीको १८ लाख ८७ हजार ३७३ कित्ता ५४ करोड ३९ लाख ५५ हजार ६४२ रूपैयाँमा कारोबार भएको हो। तुलनात्मक रूपले यो अग्गिलो दिनभन्दा शेयर संख्यामा १ लाख १७ हजार ६७३ र कारोबार रकममा १२ करोड ४ लाख ६२ हाजर ९७९ रूपैयाँको वृध्दि हो।
![]() |
चित्र १ः नेप्से परिसूचक |
कारोबारमा आएका १० उपसमूहमध्य सबैभन्दा धेरै बैंकिङ्ग २८.१९ अंकले बढेको छ। यस्तैः विकास बैंक १४.९९, होटेल १३, फाइनान्स १.७८ र जीवन बीमा ०.१२ अंकले बढेको छ। यसैगरी निर्जीवन बीमा १९.२१, उत्पादन तथा प्रशोधन ५.८२, हाईड्रोपावर २.७५ र लघुवित्त ०.९५ अंकले घटेको छ।
![]() |
चित्र २ः उपसमूह |
टर्नओभरको दृष्टिकोणबाट यसदिन सबैभन्दा धेरै एनआईसी ऐसिया बैंकको ६ करोड ६४ लाख ७२ हजार २२६ रूपैयाँ बराबरको करोबार भएको छ। यस्तैः एनएमबी बैणकको ३ करोड २८ लाख ४ हजार ९९०, सानिमा माई हाईड्रोपावरको २ करोड ५५ लाख ८९३, प्रभु बैंकको २ करोड १९ लाख २५ हजार ०५३, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको २ करोड १७ लाख २१ हजार ७९५, प्राइम कमर्सियल बैंकको १ करोड ८७ लाख ३५ हजार ७२०, नेपाल बैंक लिमिटेडको १ करोड ७७ लाख ७२ हजार १२८, नबिल बैंकको १ करोड ७२ लाख २ हजार ७४७, बैंक अफ काठमाण्डूको १ करोड ५९ लाख ७१ हजार ०८३ र एभरेष्ट बैंकको १ करोड ५७ लाख १७ हजार ४६२ रूपैयाँको खरिद विक्रि भएको छ।
![]() |
चित्र ३ः धेरै कारोबार भएका कम्पनी |
यसदिनको बजारबाट सबैभन्दा धेरै सिन्धु विकास बैंक ५१९ प्रतिशतको सकारात्मक सर्किटमा रहेको छ। यस्तैः किसान माइक्रोफाइनान्स ५.०६, कुमारी बैंक ४.९८, कन्काई विकास बैंक ४.९२, भार्गव विकास बैंक ४.८५, बैंक अफ काठमाण्डू ४.८२, सनराइज बैंक ४.३७, नविल इक्विटी फण्ड ४.३७, राष्ट्रिय बीमा कम्पनी प्रमोटर शेयर ४.०२ र आईसीएफसी ३.९७ प्रतिशतले बढेको छ।
![]() |
चित्र ४ः सकरात्मक रहेका कम्पनी |
उता युनिभर्सल पावर कम्पनी सबैभन्दा धेरै ९.२५ प्रतिशतले नकारात्मक सर्किटमा रहेको छ। यस्तैः सिन्धु विकास बैंक ७.०४, सामुदायिक लघुवित्त संस्था लिमिटेड ५.०७, चौतारी लघुवित्त ४.९५, नेपाल सेवा लघुवित्त ३.५५, मल्टीपर्पस फाइनान्स ३.३३, सिर्जना फाइनान्स ३.३१, बरुण हाईड्रोपावर ३.०६, अरुण काबेली पावर २.७९ र नेशनल माइक्रोफाइनान्स २.५२ प्रतिशतले घटेको छ।
![]() |
चित्र ५ः नकारात्क रहेका कम्पनी |
सन्दर्भ सूचीः
विभिन्न ऐजेन्सी
No comments:
Post a Comment