Sunday, 19 May 2019

नेप्से परिसूचकमा झिनो गिरावट, करोबार रकम भने अर्बमाथि

३ जेठ २०७६,
काठमाण्डौं, नेपाल।

नेप्से परिसूचक बुधबार १.८७ अंकले घटेर १३१६.८४ विन्दुमा अडिएको छ । यस दिन १७२ कम्पनीको ३२ लाख ८१ हजार ११६ कित्ता १ अर्ब ९ करोड ३ लाख ४८ हजार २२५ रुपैयाँमा कारोबार भएको छ।  गएको दिन १७३ कम्पनीको २९ लाख ९२ हजार ६६३ कित्ता ९४ करोड ७६ लाख ५६ हजार ५१६ रुपैयाँभन्दा धेरैमा खरिदबिक्री भएको थियो । तुलनात्मक दृष्टिकोणबाट हेर्दा शेयर संख्यामा २ लाख ८८ हजार ४५३ र कारोबार रकममा १४ करोड २६ लाख ९१ हजार ७०९ रुपैयाँको बढोत्तरी भएको हो।


चित्र १ः नेप्से परिसूचक

कुल ११ वटा समूहको शेयर कारोबार भएकामा ६ समूहका सूचक सकारात्मक भएका छन्। बाँकी रहेको ५ समूह भने नकारात्मक देखिएको छ । यस दिन उत्पादन तथा प्रशोधन समूह १००.२६ अंकले सबैभन्दा धेरै बढेको छ भने जीवन बीमा समूह ५९.७३ अंकले सबैभन्दा धेरै घटेको हो।


चित्र २ः उपसमूह
कारोबार रकमको आधारमा नेपाल बैंक लिमिटेडको शेयर अग्रस्थानमा छ । यसैगरी, कारोबारको आधारमा क्रमशः शिवम् सिमेन्ट, बुटवल पावर कम्पनी, प्रभु बैंक, कृषि विकास बैंक, हिमालयन डिस्टिलरी, नेपाल इन्स्योरेन्स, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, देव विकास बैंक र एनआईसी एशिया परेका छन् ।


चित्र ३ः धेरै कारोबार भएका कम्पनी
आइतबारको बजारबाट शिवम् सिमेन्टको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ।  यस्तैः कोर्पोरेट बैंकको ९.९, रिलायन्स फाइनान्सको ८.५३, प्रग्रोसिभ फाइनान्सको ७.८४, बरुण हाईड्रोपावरको ७.६९, लुम्बिनी विकास बैंकको ६.०६, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ६, कन्काई विकास बैंकको ५.७६, कर्णाली डेभलपमेन्ट बैंकको ५.६१ र नेपाल बैंकको ५.३३  प्रतिशतले शेयरमूल्य बढेको छ।


चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट विशाल बजार कम्पनीको शेयरमूल्य ५.७८ प्रतिशत भन्दा धेरैले घटेको छ। यस्तैः ग्लोबल आइएमई लघुवित्तको ५.३९, आइएमई जेनरल इन्स्योरेन्सको ५.२८, नाडेप लघुवित्तको ५.२२, राष्ट्रिय बीमा कम्पनी संस्थापकको ५.०३, गुडविल फाइनान्सको ४.७२, घलाम्दी हाईड्रोपावरको ४.५१, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ४.०२, अरुण काबेली पावरको ४ र फर्वाड लघुवित्तको ३.४९ प्रतिशतभन्दा धेरैले शेयरमूल्यमा गिरावट आएको छ।


चित्र ५ः नकारात्क रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 
जय नेपाल!!!

No comments:

Post a Comment