२५ वैशाख २०७६,
काठमाण्डौं, नेपाल।
साताको चौथो दिन पनि शेयर बजारमा करेक्सन जारी रहेको छ। यस दिन नेप्से परिसूचक ३.६८ अंकले बढेर १२९७.६० विन्दुमा आईपुगेको छ।
यस दिन १७५ कम्पनीको १९ लाख ०७ हजार ७८३ कित्ता ५० करोड ७९ लाख ३४ हजार ९१९ रूपैयाँमा कारोबार भएको छ। सोमबारको दिन १७६ कम्पनीको २५ लाख २० हजार ७९० कित्ता ७२ करोड ८८ लाख २८ हजार ७४५ रूपैयाँमा कारोबार भएको थियो। तुलनात्मक रुपले हेर्दा शेयर संख्यामा ६ लाख १३ हजार ७ कित्ता र कारोबार रकममा २२ करोड ८ लाख ९३ हजार ८२६ रूपैयाँको कमि आएको छ।
यस दिनमा ११ समूहका शेयर कारोबारमा आएका छन्। जसमध्ये, सूचीकृत ९ समूह नकारात्मक छ भने ३ सकारात्मक रहेका छन् । उत्पादन तथा प्रशोधन ६९.२२, अन्य ३.५८ र ट्रेडिङ्ग २.७० अंकले बढेको छ भने होटेल ३२.९९, हाईड्रोपावर १७.२, निर्जीवन बीमा १४.६५, डेभलपमेन्ट बैंक ७.४१, बैंकिङ्ग ५.८३, माइक्रोफाइनान्स ४.९५, फाइनान्स १.८१ र जीवन बीमा ०.१८ नकारात्मक रहेको छ।
सिभिल बैंकको ५ करोड रूपैयाँभन्दा धेरैको कारोबार भएको छ। यस्तै, मेघा बैंक र शिवम् सिमेन्टको ४ करोड, नागरिक लगानी कोषको ३ करोड, नेपाल क्रेडिट एण्ड कमर्स बैंकको २ करोड, कृषि विकास बैंक, एनएमबी बैंक र नेपाल लाइफ इन्स्योरेन्सको १ करोड र प्राइम कमर्सियल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको ९७ लाख रूपैयाँभन्दा धेरैको कारोबार भएको छ।
 |
चित्र ३ः धेरै कारोबार भएका कम्पनी
|
|
बुधबारको बजारबाट फेरि पनि हिमालय डिष्टिलरी लिमेटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ। यस्तैः नबिल ईक्विटी फण्डको ४.९६, सिभिल लघुवित्तको ४.११, सूर्योदय लघुवित्तको ३.९४, बोटलर्स नेपाल तराईको ३.८१, युनाईटेड मोदी हाईड्रोपावरको ३.५१, नाग्दी पावरको ३.४५, मेघा बैंकको ३.१७, मिथिल्ला लघुवित्तको ३.०३ र नागरिक लगानी कोषको २.९२ प्रतिशतले शेयरमूल्य बढेको हो।
 |
चित्र ४ः सकरात्मक रहेका कम्पनी
|
|
उता, आजको बजारबाट मल्टीपर्पोज फाइनान्सको शेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको छ। यस्तैः तारागाउँ होटेल, पाँचथर पावर कम्पनी लिमिटेड र फर्स्ट माइक्रोफाइनान्सको ४, सिन्धु विकास बैंक, अरुण काबेली पावर लिमिटेड, महिला सामुदायिक लघुवित्त, राढी हाईड्रोपावर, कालिका पावर कम्पनी र आइएमई जेनरल इन्स्योरेन्सको ३ प्रतिशतभन्दा धेरैले शेयरमूल्यमा गिरावर आएको छ।
 |
चित्र ५ः नकारात्क रहेका कम्पनी
|
|
No comments:
Post a Comment