Thursday, 9 May 2019

कृषि विकास बैंकको नाफामा २३.०९ प्रतिशतको वृद्धि

२६ चैत २०७६,
काठमाण्डौं, नेपाल।

कृषि विकास बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब २१ करोड २१ लाख २७ हजार १५० रूपैयाँ खुद आम्दानी गरेको छ। गत वर्ष यहि अवधिमा १ अर्ब ७९ करोड ७१ लाख ९८ हजार १ रूपैयाँ कमाएको थियो। तुलनात्मक रूपमा यो त्रैमासमा २३.०९ प्रतिशतको वृद्धि भएको हो।

समीक्षा अवधिसम्म १ खर्ब १२ अर्ब ८४ करोड ८७ लाख ७० हजार ५६८ रूपैयाँ निक्षेप संकलन गरेको छ। र, बैंक सर्वसाधारणलाई १ खर्ब ९ अर्ब ८८ करोड ३९ लाख १० हजार ८६० रूपैयाँ ऋण लगानी गरेको छ। यस्तै, अन्य बैंक तथा वित्तीय संस्थालाई ४९ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस त्रैमासमा बैंकले ५ अर्ब ३० करोड १९ लाख ९४ हजार ८८६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षमा ४ अर्ब ४१ करोड ५२ लाख २७ हजार ९७६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यो अगिल्लो वर्षको तुलनामा २०.०८% को वृद्धि हो।
साथै, यस वर्ष संचालन नाफा २ अर्ब २६ करोड ८३ लाख १७ हजार ५१० रूपैयाँबाट बढेर २ अर्ब ७६ करोड ९२ लाख १३ हजार ३७५ रूपैयाँ भएको छ। यो अगिल्लो वर्षको तुलनामा २२.०८% को वृद्धि हो।

बैंकको चुक्ता पुँजी १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार ९६० रुपैयाँ र जगेडा कोषमा भने ९ अर्ब ८६ करोड ९२ लाख ४७ हजार ९३८ रुपैयाँ रहेको छ। 

कम्पनीको खराब कर्जा घटेको छ । गत वर्ष ५.९८% रहेको खराब कर्जा यो त्रैमासमा आइपुग्दा ४.२२% मा सिमित भएको छ ।
साथै, चैत मसान्तसम्म बैंकको कष्ट अफ फण्ड ७.३६%, आधारदर ११.१६% र स्प्रेड दर ५.२०% रहेको छ।



सन्दर्भ सूचीः
कृषि विकास बैंक

No comments:

Post a Comment