Sunday, 5 May 2019

स्पर्श लघुवित्त वित्तीय संस्थाको आइपीओ सूचीकृत, कारोबार कहिले सुरू हुन्छ?

 २१ वैशाख २०७६,
काठमाण्डौं, नेपाल।

स्पर्श लघुवित्त वित्तीय संस्थाको आइपीओ सूचीकृत भएको छ । स्पर्शले फागुन २६ देखि २९ गतेसम्म शेयर बिक्रीमा ल्याएको थियो।

कम्पनीको  ८ लाख २९ हजार ६३० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको शेयर कारोबार भने सोमबारबाट सुरु हुनेछ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा स्पर्श लघुवित्तले ६० लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । र, कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ५४ पैसा मात्र रहेको छ । 
सन्दर्भ सामाग्रीः
नेप्से



No comments:

Post a Comment