Sunday, 5 May 2019

प्रभु बैंकको नाफामा उल्लेख्यनीय सुधार, ५८.३६ प्रतिशतको वृद्धि

२१ चैत २०७६,
काठमाण्डौं, नेपाल।

प्रभु बैंकको नाफामा उल्लेख्यनीय सुधार भएको छ। बैंकले यस आर्थिक वर्षको तेस्रो त्रैमासमा ५८.३६ प्रतिशतले वृद्धि भएको छ। यस वर्ष खुद नाफा ९१ करोड ७० लाख २७ हजार ८१६ रूपैयाँबाट बढेर १ अर्ब ४५ करोड २१ लाख ७१ हजार १०० रूपैयाँ भएको छ।

यस अवधिसम्म बैंकले १ खर्ब ७ अर्ब ४५ करोड २३ लाख २७ हजार ८६० रूपैयाँ निक्षेप संकलन गरेको छ। र, बैंकले ८६ अर्ब १६ करोड ९४ लाख ९६ हजार ९०८ रूपैयाँ ऋण लगानी गरेको छ।

समिक्षा अवधिसम्म बैंकले ३ अर्ब ३७ करोड ८३ लाख ७९ जकार ०६६ रूपैयाँ ब्याज आम्दानी गरेको छ। गत वर्ष यस अवधिसम्म बैंकले १ अर्ब ९४ करोड ९३ लाख ५ हजार २०१ रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यो अगिल्लो वर्षको तुलनामा ७३.३१% ले धेरै हो।
साथै, कम्पनीको संचालन नाफा १ अर्ब ६७ करोड ९६ लाख ८५ हजार ५६० रूपैयाँबाट बढेर २ अर्ब ९ करोड ३० लाख ७० हजार ७७५ रूपैयाँ पुगेको छ। यो अगिल्लो वर्षको तुलनामा २४.६१% को वृद्धि हो।

बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ५८ हजार ८२४ रूपैयाँ र जगेडा कोषमा ३ अर्ब ७० करोड ६७ लाख ४९ हजार ९४३ रूपैयाँ रहेको छ।

कम्पनीको खराब कर्जामा पनि सुधार भएको छ। गत वर्ष ३.९०% रहेको खराब कर्जा यस त्रैमाससम्म २.४२% मा सिमित भएको छ।

बैंकको प्रतिशेयर आम्दानी २३ रूपैयाँ ३४ पैसा, प्रतिशेयर नेटवर्थ १७० रूपैयाँ १५ पैसा र मूल्य आम्दानी अनुपात १०.६७ गुणा रहेको छ। साथै, यस त्रैमाससम्म बैंकको कष्ट अफ फण्ड ६.१८%, आधार दर ९.१६% र स्प्रेड दर ४.८८% रहेको छ।



सन्दर्भ सामाग्रीः
प्रभु बैंक

No comments:

Post a Comment