काठमाण्डौं, नेपाल।
साताको पहिलो दिन पनि शेयर बजारमा करेक्सन जारी रहेको छ। यस दिन नेप्से परिसूचक १६.७१ अंकले घटेर १२७७.६८ विन्दुमा आईपुगेको छ।
यस दिन १७५ कम्पनीको २३ लाख १२ हजार ५३० कित्ता ६५ करोड ३ लाख ७८ हजार ४५४ रूपैयाँमा कारोबार भएको छ। बिहिको दिन १७० कम्पनीको १८ लाख ०३ हजार ०२६ कित्ता ५८ करोड ७८ लाख रुपैयाँमा कारोबार भएको थियो।
![]() | |
|
यस दिनमा १० समूहका शेयर कारोबारमा आएका छन्। जसमध्ये, सूचीकृत २ वटा समूह मात्र सकारात्मक छन् । उत्पादन तथा प्रशोधन २०.०८ र अन्य १.१२ अंकले बढेको छ भने अरू समूह नकारात्मक रहेको छ।
![]() |
चित्र २ः उपसमूह |
नेपाल बैंक लिमिटेडको ६ करोड रूपैयाँभन्दा धेरैको कारोबार भएको छ। यस्तै, प्रभु बैंक र शिवम् सिमेन्टको ४ करोड रूपैयाँभन्दा धेरैको कारोबार भएको छ। चिलिमे हाइड्रोपावर, एनएमबी बैंक, कृषि विकास बैंकको २ करोड र एनआइसी एशिया, जनता बैंक, नेपाल लाइफ र सिभिल बैंकको १ करोड रूपैयाँभन्दा धेरैको कारोबार भएको छ।
![]() |
चित्र ३ः धेरै कारोबार भएका कम्पनी |
आइतबारको बजारबाट मल्टिपर्पोज फाइनान्स को शेयरमूल्य १० प्रतिशतले बढेको छ। यस्तैः युनाइटेड फाइनान्सको ४.७१ शिवम् सिमेन्टको ४.०७, नेरुडे लघुवित्तको ३.७८, एनएलजी इन्स्योरेन्सको ३.५२, सिटीजन्स म्युचल फण्डको ३.४२, सानिमा इक्विटी फण्डको १.९२, कन्काई विकास बैंकको १.६१, ओरियन्टल होटेलको १.५० र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १.४७ प्रतिशतले शेयरमूल्य बढेको छ।
![]() |
चित्र ४ः सकरात्मक रहेका कम्पनी |
उता, चिलिमे हाइड्रोपावर, नेपाल इम्भेष्टमेन्ट बैंक समृद्धि फण्ड र अरुण भ्याली हाइड्रोपावरले सबैभन्दा धेरै गुमाएका छन्।
![]() |
चित्र ५ः नकारात्क रहेका कम्पनी |
सन्दर्भ सामाग्रीः
विभिन्न ऐजेन्सी
No comments:
Post a Comment