Tuesday, 7 May 2019

बजारमा सुधार जारी, आगामी दिनले तयगर्ने छ दिशा

२४ वैशाख २०७६,
काठमाण्डौं, नेपाल।

साताको तेस्रो दिन पनि शेयर बजारमा सुधार जारी रहेको छ। यस दिन नेप्से परिसूचक १.८७ अंकले बढेर १३०१.२८ विन्दुमा आईपुगेको छ।

यस दिन १७६ कम्पनीको २५ लाख २० हजार ७९० कित्ता ७२ करोड ८८ लाख २८ हजार ७४५ रूपैयाँमा कारोबार भएको छ। सोमबारको दिन १७२ कम्पनीको २० लाख ७५ हजार ०४० कित्ता ६३ करोड ३६ लाख ५३ हजार ५२९ रूपैयाँमा कारोबार भएको थियो। 


चित्र १ः नेप्से परिसूचक
यस दिनमा १० समूहका शेयर कारोबारमा आएका छन्। जसमध्ये, सूचीकृत ८ समूह सकारात्मक र २ नकारात्मक रहेका छन् । बैंकिङ्ग २.५६ र फाइनान्स १.९३ अंकले घटेको छ भने अरू समूह सकारात्मक रहेको छ।


चित्र २ः उपसमूह


नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ५ करोड रूपैयाँभन्दा धेरैको कारोबार भएको छ। यस्तै, शिवम् सिमेन्टको ४ करोड, नेपाल बैंक लिमिटेडको ३ करोड, नागरिक लगानी कोष, एनएमबी बैंक, जनता बैंक, प्रभु बैंक र नेपाल बंगलादेश बैंकको २ करोड रूपैयाँभन्दा धेरैको कारोबार भएको छ।बुटबल पावर कम्पनी र छिमेक लघुवित्तको १ करोड  रूपैयाँभन्दा धेरैको कारोबार भएको छ।

चित्र ३ः धेरै कारोबार भएका कम्पनी
मंगलबारको बजारबाट हिमालय डिष्टिलरी लिमेटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ।  यस्तैः ओरियम्टल होटेलको ६.७५, राढी जलविद्युतको ५.७३, सोल्टी होटेलको ५.२६, सिन्धु विकास बैंकको ४.६५ र नागरिक लगानी कोषको ४.४८ प्रतिशतले शेयरमूल्य बढेको हो। 

चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट पाँचथर पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको छ।

चित्र ५ः नकारात्क रहेका कम्पनी


सन्दर्भ सामाग्रीः
विभिन्न ऐजेन्सी



No comments:

Post a Comment