Tuesday, 28 May 2019

नेप्से परिसूचक २.५३ अंकले बढ्यो, कारोबार रकम ७५ करोड माथि

१४ जेठ २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक २.५३ अंकले बढेर १३०५.४९ विन्दुमा आइपुगेको छ । सूचीकृत १६४ कम्पनीको २४ लाख १२ हजार ९६२ कित्ता शेयर ७५ करोड ६८ लाख ९१ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।



चित्र १ः नेप्से परिसूचक



कुल ११ वटा समूहको शेयर कारोबार भएकामा ६ समूहका सूचक सकारात्मक भएका छन् भने ५ समूहका सूचक नकारात्मक भएका छन्। यस दिन उत्पादन तथा प्रशोधन समूह ७६.९४ अंकले सबैभन्दा धेरै बढेको छ भने निर्जीवन बीमा समूह ३३.४७ अंकले सबैभन्दा धेरै घटेको हो।

चित्र २ः उपसमूह

कारोबार रकमको आधारमा शिवम् सिमेन्टको शेयर ५ लाख ९२ हजार १४१ कित्ता १६ करोड ४४ लाख ४ हजार ०८३ रुपैयाँमा करोबार भएको छ । यसैगरी, प्रभु बैंकको १६ करोड १६ लाख ६७ हजार ०७९, नेपाल बैंक लिमिटेडको ५ करोड ९८ लाख ७६ हजार ११२, माथिल्लो तामाकोशीको ३ करोड ८ लाख २० हजार १३१, ज्योति विकास बैंकको २ करोड ६२ लाख ४७ हजार ९७५, लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ७७ लाख ७६ हजार ४४४, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको १ करोड २३ लाख ५३ हजार ८८५, नेपाल टेलिकमको १ करोड २२ लाख ६२ हजार ४०५, जनता बैंकको १ करोड १८ लाख ९६ हजार ६६१ र सिभिल बैंकको १ करोड ४ लाख १८ हजार ६८० रुपैयाँ बराबरको कारोबार भएका छन् ।

चित्र ३ः धेरै कारोबार भएका कम्पनी


मंगलबारको बजारबाट ज्योति विकास बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ।  यस्तैः रिलायन्स फाइनान्सको ९.९२, शिवम् सिमेन्टको ९.८६, स्पर्श लघुवित्तको ९.८३, कन्काई विकास बैंकको ७.९५, मञ्जुरी फाइनान्सको ६.६७, एनआईबीएल प्रगति फण्डको ५, सिटीजन्स म्युचल फण्डको ३.९२, सामुदायिक लघुवित्तको ३.८८ र ग्रिन डेभलपमेन्ट बैंकको ३.५७ प्रतिशतले शेयरमूल्य बढेको छ। 


चित्र ४ः सकरात्मक रहेका कम्पनी


उता, आजको बजारबाट माउन्टेन हाईड्रोपावर  शेयरमूल्य ६.६६ प्रतिशत भन्दा धेरैले घटेर ९८ मा आएको छ। यस्तैः जोशी हाईड्रोपावरको ६.३०, हिमालयन डिस्टिलरीको ५, सिभिल लघुवित्तको ४.४१, दिव्यश्र्वरी हाईड्रोपावरको ४.३४, महिला सहयात्री माइक्रोफाइनान्सको ३.६७, सूर्योदय लघुवित्त र नयाँ नेपाल लघुवित्त २.७५, अख्खु खोला जलविद्युतको २.५९ र नेपाल सेवा लघुवित्तको २.२२ प्रतिशतले शेयरमूल्यमा हास आएको छ।

चित्र ५ः नकारात्क रहेका कम्पनी



सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 
जय नेपाल!!!

No comments:

Post a Comment