Wednesday, 12 June 2019

नेप्से परिसूचक ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा, कारोबार रकममा अहिल्लो दिनभन्दा २ करोडको कमि

२८ जेठ २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ । सूचीकृत १७४ कम्पनीको १८ लाख ७१ हजार ८०९ कित्ता शेयर ५० करोड २६ लाख ८२ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबार रकममा अहिल्लो दिनको तुलनामा २ करोड भन्दा धेरैको कमि अएको छ।

चित्र १ः नेप्से परिसूचक



कुल ११ वटा समूहको शेयर कारोबार भएका ६ समूहका सूचक मात्र सकारात्मक भएका छन् भने ६ समूह नकारात्मक रहेका छन्। यस दिन ट्रेडिङ्ग समूह ७.६९ अंकले सबैभन्दा धेरै बढेको छ भने निर्जीवन बीमा समूह ४८.३१ अंकले सबैभन्दा धेरै घटेको हो।
चित्र २ः उपसमूह

कारोबार रकमको आधारमा ग्लोबल आइएमई प्रमोटरको ४ लाख ९ हजार ५५३ कित्ता शेयर ७ करोड १२ लाख ६२ हजार २२२ रुपैयाँमा करोबार भएको छ । यसैगरी, शिवम् सिमेन्ट, प्रभु बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, एनआईसी एशिया, मेघा बैंक, नेपाल बैंक लिमिटेड, सिद्धार्थ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक प्रमोटर र कामना सेवा विकास बैंक प्रमोटरले कमर्श धेरै कारोबार गरेका छन् ।

चित्र ३ः धेरै कारोबार भएका कम्पनी

बुधबारको बजारबाट सल्ट ट्रेडिङ्ग कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर रु.४८४ भएको छ।  यस्तैः 
गणपति माइक्रोफाइनान्स र सिभिल लघुवित्तको ५,  खानीखोला हाईड्रोपावरको ४.२३, युनाइटेड मोदी हाईड्रोपावरको ३.५७, सेन्ट्रल फाइनान्सको ३.३३, दिव्यश्र्वरी हाईड्रोपावरको २.७४, तारागाउँ होटेलको २.५८, स्पर्श लघुवित्तको २.५६ र सानिमा माई हाईड्रोपावरको २.३८ प्रतिशतले शेयरमूल्य बढेको छ। 

चित्र ४ः सकरात्मक रहेका कम्पनी


उता, आजको बजारबाट नेपाल हाईड्रो डेभलपर्सको  शेयरमूल्य ७.०९ प्रतिशत भन्दा धेरैले घटेर रु.१४१ मा आएको छ। यस्तैः मल्टीपर्पोज फाइनान्स कम्पनीको ६.९७, कर्णाली विकास बैंकको ६.४५, जनउत्थान लघुवित्तको ६.३५, कोर्पोरेट बैंकको ६.३४, नाग्दी पावरको ६.२९, एनआईबीएल प्रगति फण्डको ५.१९, उन्नति माइक्रोफाइनान्सको ४.३७, जोशी हाईड्रोपावरको ४.२५ र सहयोगी विकास बैंकको ३.९८ प्रतिशतले शेयरमूल्यमा घटेको छ।

चित्र ५ः नकारात्क रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 
जय नेपाल!!!

No comments:

Post a Comment