काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक ०.१७ अंकले बढेर १२७५.९९ विन्दुमा अडिएको छ । सूचीकृत १७४ कम्पनीको १५ लाख ०९ हजार ८८५ कित्ता शेयर ४८ करोड ८ लाख ७६ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबार रकममा अहिल्लो दिनको तुलनामा १५ करोड भन्दा धेरैको कमि अएको छ।
![]() | |
|
कुल ११ वटा समूहको शेयर कारोबार भएका ६ समूहका सूचक मात्र सकारात्मक भएका छन् भने ६ समूह नकारात्मक रहेका छन्। यस दिन ट्रेडिङ्ग समूह ७.६९ अंकले सबैभन्दा धेरै बढेको छ भने निर्जीवन बीमा समूह ४८.३१ अंकले सबैभन्दा धेरै घटेको हो।
![]() | |
|
कारोबार रकमको आधारमा शिवम् सिमेन्टको ५६ हजार ५४९ कित्ता शेयर ३ करोड ७८ लाख २४ हजार ५२७ रुपैयाँमा करोबार भएको छ । यसैगरी, एनआईसी एशिया, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड, प्रभु बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, माथिल्लो तामाकोशी र प्रमियर इन्स्योरेन्सले कमर्श धेरै कारोबार गरेका छन् ।
![]() | |
|
मंगलबारको बजारबाट पाँचथर पावर कम्पनीको शेयरमूल्य ९.५२ प्रतिशतले बढेर रु.१३८ भएको छ। यस्तैः खानीखोला हाईड्रोपावरको ९.२३, सिनर्जी पावरको ७.६९, माउन्टेन हाईड्रोपावरको ७, नाग्दी पावरको ६.७२, विशाल बजार कम्पनीको ६.०४, दिव्यश्र्वरी हाईड्रोपावरको ५.८०, पन्चकन्या माई हाईड्रोपावरको ५.६६, फर्स्ट माइक्रोफाइनान्सको ४.९२ र गणपति माइक्रोफाइनान्सको ४.८४ प्रतिशतले शेयरमूल्य बढेको छ।
![]() | |
|
उता, आजको बजारबाट नेपाल हाईड्रो डेभलपर्सको शेयरमूल्य ९.६१ प्रतिशत भन्दा धेरैले घटेर रु.१४१ मा आएको छ। यस्तैः वर्ल्ड मर्चेन्ट बैंक एण्ड फाइनान्सको ५.०५, गुहेश्वरी मर्चेन्ट फाइनान्सको ४.४७, सूर्योदय लघुवित्तको ४.४३, युनाइटेड मोदी हाईड्रोपावरको ४.२७, बोटलर्स नेपाल तराईको ३.९५, मिथिल्ला माइक्रोफाइनान्स कम्पनीको ३.७९, महिला सहयात्रीको ३.७४, सिद्धार्थ इन्स्योरेन्सको ३.५२ र ग्रीन डेभलपमेन्ट बैंकको ३.३० प्रतिशतले शेयरमूल्यमा घटेको छ।
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment