काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक २.९२ अंकले घटेर १२६९.५५ विन्दुमा अडिएको छ । सूचीकृत १७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता शेयर ४५ करोड ६५ लाख ६ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबार रकममा अहिल्लो दिनको तुलनामा ५ करोड भन्दा धेरैको कमि अएको छ।
![]() | |
|
कुल ११ वटा समूहको शेयर कारोबार भएका १ समूहका सूचक मात्र सकारात्मक भएको छ भने १० समूह नकारात्मक रहेका छन्। यस दिन होटेल समूह ४.१९ अंकले सबैभन्दा धेरै बढेको छ भने निर्जीवन बीमा समूह २३.१८ अंकले सबैभन्दा धेरै घटेको हो।
![]() | |
|
कारोबार रकमको आधारमा सगरमाथा इन्स्योरेन्सको २३ हजार ६०१ कित्ता शेयर ३ करोड ८ हजार ५९२ रुपैयाँमा करोबार भएको छ । यसैगरी, शिवम् सिमेन्ट, प्रभु बैंक, ग्लोबल आइएमई प्रमोटर, नेपाल बैंक लिमिटेड, एनआईसी एशिया, माथिल्लो तामाकोशी, कृषि विकास बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक र कामना सेवा विकास बैंकले कमर्श धेरै कारोबार गरेका छन् ।
![]() | |
|
बुधबारको बजारबाट अख्खुखोला जलविद्युत कम्पनीको शेयरमूल्य ५.२६ प्रतिशतले बढेर रु.८० भएको छ। यस्तैः कोर्पोरेट बैंकको ५.०८, नेपाल एग्रोमाइक्रोफाइनान्सको ४.८२ र नयाँ नेपाल लघुवित्तको ३.४८, रैराङ्ग हाईड्रोपावरको २.८८, नेरुड लघुवित्तको २.७०, दिव्यश्र्वरी हाईड्रोपावरको २.६७, नेपाल इन्स्योरन्स कम्पनीको २.१७, लुम्बिनी विकास बैंकको २.०३ र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १.९६ प्रतिशतले शेयरमूल्य बढेको छ।
![]() | |
|
उता, आजको बजारबाट प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य ४.६७ प्रतिशत भन्दा धेरैले घटेर रु.५९१ मा आएको छ। यस्तैः जनउत्थान लघुवित्तको ३.६८, उन्नति माइक्रोफाइनान्सको ३.६३, सगरमाथा इन्स्योरेन्स कम्पनी र मल्टीपर्पोज फाइनान्स कम्पनीको ३.५, जोशी हाईड्रोपावरको ३.३३, सेन्ट्रल फाइनान्सको ३.२२, कन्चन डेभलपमेन्ट बैंकको ३.१०, मञ्जुश्री फाइनान्सको ३.०७ र सिभिल लघूवित्तको २.९३ प्रतिशतले शेयरमूल्यमा घटेको छ।
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
Lets see yo correction kaha samma aaucha...
ReplyDelete