काठमाण्डौं, नेपाल।
शिवम् सिमेन्ट आइपिओमा १०० कित्ता रु. ३०० मा किनेको शेयर चैत १० गते लिस्टिङ्ग भएर बजार खुल्दा रु.४६१ मा खुल्यो। र, यही दिन शेयर रु.४१६ मा झर्यो। र, यो शेयर कुन मूल्यमा स्टेबल हुन्छ भन्ने छाटकाट नदेखिर यसलाई मैले चैत १३ गते सबै अर्थात १०० कित्ता रु.३१७ मा बेचे। यस पश्चात बजारमा खरिदकर्ताको प्रवेश भयो र शेयरमूल्य रु.३४० म बन्द भयो।
यसदिन पछिको कारोबार दिनमा मूल्य पनि स्थिर बन्यो। आफूसँग रहेको १०० कित्ता बेचे पछि म फरि कने त्यही मात्रामा किन्छु भन्ने सेच बनाएर मैले फेरि यसलाई चैत १७ गते १०० कित्ता रु. ३२४ मा किने। र, केही दिन अर्थात चैत २७ गते शेयर मूल्य फेरि झर्यो; अहिले झरेको छ ट्रडिङ्ग गर्छु (थेरै लिराख्छु बढे बेच्छु) भन्ने सोचले २० कित्ता रु. ३११ मा किने। यो घटनाको पुनरावलोकन गर्दा मैले बुझे यसदिन बजारको अधिकतम मूल्य नै रु.३११, न्युनतम रु. ३०५ र बन्द मूल्य रु.३०८ रहेछ र यो त्यस दिनको अधिकतम मूल्यमा शैयर किनेको रहेछु।
वैशाख १९ गते राष्ट्रपति विद्या देवी भण्डारी ज्यूले सरकारको नीति तथा कार्यक्रम संसद समक्ष पेश गर्दै हुनुहुन्थ्यो।
' नेपाल सरकारले सिमेन्ट निर्यातको लागि आवश्यक वातावरण निर्माण गर्ने', भनेर भाषण गर्नुभयो।
यता, बजारमा लगानीकर्ताहरु शिवम् तिर आकर्षित बने र यसपछि ३ दिन लगातार शेयरमूल्य बढिरह्यो। २४ गते बजार नयाँ मूल्यमा टिक्न सकेन र रातो मैनबत्ती बनाएर बन्द भयो। २५ गते फेरि बजार बढ्यो। यो बेला सम्म मलाई टेक्निकल एनलिसिस बारे केही थाहाँ थिएन। २४ गतेको गिरावटले मेरो मनोविज्ञानलाई असर पारि सकेको थियो र मैले नाफा लिन्छु सोचेर शेयर रु.३९२ मा बेचे।
![]() |
चित्र १ः बजार गतिविधि |
अन्त्यमा यस घटनाक्रमबाट के सिकेको पाठ के?
- चार्ट नहेरिकन गरिएको विश्लेषणमा बजारको गति पहिचान गर्न निकै कठिन हुन्छ।
- खरिद / विक्रि गर्नुभन्दा पहिले केहीबेर चार्ट हेर्नु सबैभन्दा महत्वपूर्ण रहेछ।
- १ दिनको रातो मैनबत्तीले आत्तिनु हुदैँन।
- ट्रेन्ड लाईन केरेर; यसलाई आधार मानेर गरिएको निर्णय सर्बोत्तम रहने रहेछ।
- पोलिटिकल फ्याक्टरको प्रभाव उल्लेख्निय हुदोँरहेछ।
धन्यवाद!
जय नेपाल!!
Thanks for the take away....hope i can implement it in my strategy
ReplyDeleteThulo ko chalkhel leh sadai bazaar mulya bigarchan.
ReplyDelete