Sunday, 16 June 2019

नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक १२५८.२७ विन्दुमा

१ असार २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ११.३६ अंकले घटेर १२५८.२७ विन्दुमा अडिएको छ । सूचीकृत १७४ कम्पनीको १४ लाख ७३ हजार ८०८ कित्ता शेयर ४७ करोड २५ लाख २० हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबार रकममा अहिल्लो दिनको तुलनामा २ करोड भन्दा धेरैले बढेको छ।


चित्र १ः नेप्से परिसूचक


कुल ११ वटा समूहको शेयर कारोबार भएका सबै समूह नकारात्मक रहेका छन्। यस दिन निर्जीवन बीमा समूह १११.०३ अंकलको गिरावट आएको छ।
चित्र २ः उपसमूह


कारोबार रकमको आधारमा सगरमाथा इन्स्योरेन्सको ९१ हजार २८८ कित्ता शेयर २ करोड ९५ लाख ८० हजार ५६४ रुपैयाँमा करोबार भएको छ । यसैगरी, शिवम् सिमेन्ट, सिद्धार्थ बैंक, कृषि विकास बैंक, एनआईसी एशिया, प्रभु बैंक, माथिल्लो तामाकोशी, प्रमियर इन्स्योरेन्स कम्पनी, कुमारी बैंक  र नबिल बैंकले कमर्श धेरै कारोबार गरेका छन् ।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी


आइतबारको बजारबाट नेपाल ऐग्रो लघुवित्तको शेयरमूल्य ६.७५ प्रतिशतले बढेर रु.३४८ भएको छ।  यस्तैः गणपति माइक्रोफाइनान्सको ६.५९, गुराँस लघुवित्तको ४.८९, हिमालय ऊर्जाको ४.११, सपोर्ट माइक्रोफाइनान्सको ३.८३,  पञ्चकन्या माई हाईड्रोपावरको २.६८, नेपाल हाईड्रो डेभलपर्सको २.३३, सानिमा हाईड्रोपावर कम्पनीको १.९७, युनिलिभर नेपालको १.९५ र एक्सेल डेभलपमेन्ट बैंकको १.७२ प्रतिशतले शेयरमूल्य बढेको छ। 
चित्र ४ः सकरात्मक रहेका कम्पनी


उता, आजको बजारबाट महिला सहयात्री माइक्रोफाइनान्सको  शेयरमूल्य ७.८७ प्रतिशत भन्दा धेरैले घटेर रु.४२१ मा आएको छ। यस्तैः महिला सहयात्री माइक्रोफाइनान्सको ७.८७, विजय लघुवित्तको ६.६०, आख्खुखोला जलविद्युतको ६.२५, लक्ष्मी लघुवित्तको ६.२०, नेशनल माइक्रोफाइनान्स को ५.९५, जनउत्थान लघुवित्तको ५.७६, मिथिल्ला लघुवित्तको ५.४२, सिभिल लघूवित्तको ५.२६, नेपाल सेवा लघुवित्त र महिला सामुदायिक लघुवित्तको ५ प्रतिशतले शेयरमूल्यमा घटेको छ।

चित्र ५ः नकारात्क रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 
जय नेपाल!!!

No comments:

Post a Comment