१ असार २०७६,
काठमाण्डौं, नेपाल।
सेञ्चुरी कमर्सियल बैंकको आठौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट पूँजीको ४.५० प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
सेञ्चुरी बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा खुद नाफा ९.०६ प्रतिशतले घटेर ६१ करोड ६ लाख रुपैयाँमा झरेको छ।
कम्पनीको दैनिक कारोबारलाई आधार मैनबत्ती विश्लेषणमा १ गतेको दिन डोजी आकृति (लामो पुच्छर र टाउँको) बनाएको छ । यस्तो आकृतिले लगानीकर्तामा अन्योल रहेको संकेत गर्दछ।
कम्पनीको मुभिङ एभरेजमा २० दिने औसत मूल्यरेखाभन्दा ५ दिने औसत मूल्यरेखा तल रेहेको छ। शेयरमूल्य पनि ५ दिने रेखाभन्दा मुनि रहेको छ र मूल्य अझैं हरेक दिन नयाँ मूल्य कायम गर्ने सफल नरहेको जनाउँछ।
आरएसआईले शेयर खरीदविक्री चाप सन्तुलन देखाउँछ । यो ३९ दशमलव ६२ विन्दुमा छ । यसले खरिदको तुलनामा विक्रिचाप धेरै रहेको जनाउँदै छ।
बोलिङ्गर ब्याण्डमा हेर्दा शेयर मूल्य अन्तिम दिन तल्लो ब्याडमा बन्द भएको देखिन्छ। बोलिङ्गर ब्याण्डको लोवर ब्याण्डमा शेयरमूल्यले बियरिस संकेत लिरेहेको देख्न सकिन्छ ।
एमएसिडी अझैं पनि ट्रिगर रेखाभन्दा तल छ। एमएसिडीमा अझैं पनि सेल सिग्नल जारी छ र यो नकारात्मक (० भन्दा मुनि) विन्दुमा भएकोले जेखिम पनि धेरै रहेको जनाउँछ।
त्यस्तै, आइतबारको शेयरमूल्य रू. १ सय ६५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ६९ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ सय ६० मा टेवा पाउने देखिन्छ ।
 |
चित्रः ६ः टेवा / प्रतिरोध |
|
सन्दर्भ सामाग्रीः
नेप्से
ऐजेन्सी
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment