काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक २.६३ अंकले बढेर १२६०.९० विन्दुमा अडिएको छ । सूचीकृत १७३ कम्पनीको १३ लाख ७३ हजार १२० कित्ता शेयर ४० करोड ३५ लाख ३८ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबार रकममा अहिल्लो दिनको तुलनामा ७ करोड भन्दा धेरैले बढेको छ।
![]() |
चित्र १ः नेप्से परिसूचक |
कुल ११ वटा समूहको शेयर कारोबार भएका ३ समूह नकारात्मक र ९ समूह सकारात्मक रहेका छन्। यस दिन उत्पादन तथा प्रशोधन समूह २८.३२ अंकले सबैभन्दा धेरै बढेको छ भने जीवन बीमा समूह १८.८४ अंकले सबैभन्दा धेरै गिरावट आएको छ।
![]() |
चित्र २ः उपसमूह |
कारोबार रकमको आधारमा नेपाल बैंकको १ लाख २ हजार ४१६ कित्ता शेयर ३ करोड २९ लाख ३ हजार ३२० रुपैयाँमा करोबार भएको छ । यसैगरी, शिवम् सिमेन्ट, प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, एनआईसी एशिया, माथिल्लो तामाकोशी, सानिमा बैंक, एनआईबी संस्थापक र जनता बैंकले कमर्श धेरै कारोबार गरेका छन् ।
![]() |
चित्र ३ः धेरै कारोबार भएका कम्पनी |
सोमबारको बजारबाट अरुण भ्याली हाईड्रोपावर शेयरमूल्य ६.७३ प्रतिशतले बढेर रु.१११ भएको छ। यस्तैः गुर्खाज फाइनान्सको ५.१३, गुराँस लघुवित्तको ४.९६, नेपाल एग्रोको ४.८९, सिद्धार्थ ओरियन्ट स्किमको ४.४६, न्याग्दी पावरको ४.३१, रैराङ्ग हाईड्रोपावरको ३.८५, नेरुड लघुवित्तको ३.७८, युनाइटेड मोदी हाईड्रोपावरको ३.६४ र वर्ल्ड मर्चेन्ट बैंक एण्ड फाइनान्सको ३.१९ प्रतिशतले शेयरमूल्य बढेको छ।
![]() |
चित्र ४ः सकरात्मक रहेका कम्पनी |
उता, आजको बजारबाट ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य ४.८० प्रतिशत भन्दा धेरैले घटेर रु.११९० मा आएको छ। यस्तैः युनियन हाईड्रोपावरको ४.६६, गुडविल फाइनान्सको ४.४७, सपोर्ट माइक्रोफाइनान्सको ३.८४, उन्नति माइक्रोफाइनान्सको ३.५, प्रुडेन्सियल इन्स्योरेन्सको ३.१६, सिनर्जी पावरको ३.०६, फर्वाड लघुवित्तको ३ र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २.७४ प्रतिशतले शेयरमूल्यमा घटेको छ।
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment