Sunday, 16 June 2019

सिद्धार्थ बैंकः कम्पनी विश्लेषण ( आइतबार, १ असार २०७६)

१ असार २०७६,
काठमाण्डौं, नेपाल।

सिद्धार्थ बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८३ सालसम्मका लागि २५ लाख कित्ता ऋणपत्र जारी गर्न सेबोनमा निवेदन दिएको छ ।

सिद्धार्थ बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा खुद नाफा १५ प्रतिशतले बढेर १ अर्ब ५९ करोड रुपैयाँमा पुगेको छ।

कम्पनीको दैनिक कारोबारलाई आधार मैनबत्ती विश्लेषणमा १ गतेको दिन बियरिस आकृति  बनाएको छ । यस्तो आकृतिले लगानीकर्तामा बियरको बर्च्श्व रहेको संकेत गर्दछ। साथै, भल्युमलाई हेर्दा गएको दिनभन्दा धेरै मात्रामा बढेको छ।


चित्र १ः मैनबत्ती

कम्पनीको मुभिङ एभरेजमा २० दिने औसत मूल्यरेखाभन्दा ५ दिने औसत मूल्यरेखा तल रेहेको छ। शेयरमूल्य पनि ५ दिने रेखाभन्दा मुनि रहेको छ र मूल्य अझैं हरेक दिन नयाँ मूल्य कायम गर्ने सफल नरहेको जनाउँछ।

चित्र २ः मुभिङ एभरेज
आरएसआईले शेयर खरीदविक्री चाप सन्तुलन देखाउँछ । यो ३४ दशमलव ९७ विन्दुमा छ । यसले खरिदको तुलनामा विक्रिचाप धेरै रहेको जनाउँदै छ।

चित्र ३ः आरएसआई

बोलिङ्गर ब्याण्डमा हेर्दा शेयर मूल्य अन्तिम दिन तल्लो ब्याडमा बन्द भएको देखिन्छ। बोलिङ्गर ब्याण्डको लोवर ब्याण्ड मूल्य रहेकोले बियरिस संकेत बुझ्न सकिन्छ । 

चित्र ४ः बोलिङ्गर ब्याड
एमएसिडी अझैं पनि ट्रिगर रेखाभन्दा निकै तल छ। एमएसिडीमा अझैं पनि सेल सिग्नल जारी छ र यो नकारात्मक (० भन्दा मुनि) विन्दुमा भएकोले जेखिम पनि धेरै रहेको जनाउँछ।

चित्रः ५ः एमएसिडी

त्यस्तै, आइतबारको शेयरमूल्य रू. ३ सय २१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३ सय २४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३ सय १७ मा टेवा पाउने देखिन्छ ।

चित्रः ६ः टेवा / प्रतिरोध
यद्यपि, यदि फिबेनाची रिट्रेस्मेन्टको कोणबाट हेर्दा कम्पनीेको मूल्य आफ्नो ६१.८% को रिट्रेस्मेन्ट लेवल अर्थात रु.३०६-३१६ को विन्दु नजिक रहेको छ। 

चित्र ७ः फिबेनाची रिट्रेस्मेन्ट
समग्रमा, हाम्रा ६ सल्लाहकार (इन्डिकेटर) साथीहरुले नकारात्मक सुजाव दिएछन् भने केवल १ ले मात्र सकारात्मक सुझाव दिएको खण्डमा हामी अहिलेको लागिको लागि खरिद गर्नु जोखिमयुक्त रहनेछ। परन्तु, अबको केही दिनको कारोबारमा मैनबत्ती परिवर्तन आए पश्चात बुलिस एनगलफिङ्ग मैनबत्ती बने र आरएसआई र एमएसिडीमा राम्रो सुधार दिखएको खण्ड खरिद गरे जोखिम न्युन रहेनेछ।

सन्दर्भ सामाग्रीः
नेप्से
ऐजेन्सी



धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment