Tuesday, 18 June 2019

नेप्सेमा करेक्सन जारी, कारोबार रकम जम्मा पैत्तिस करोड!

३ असार २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक २.३३ अंकले बढेर १२५८.६६ विन्दुमा अडिएको छ । सूचीकृत १७७ कम्पनीको १२ लाख २६ हजार ६८६ कित्ता शेयर ३५ करोड ९४ लाख ११ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबार रकममा अहिल्लो दिनको तुलनामा ५ करोड भन्दाधेरैले घटेको छ।

चित्र १ः नेप्से परिसूचक


कुल ११ वटा समूहको शेयर कारोबार भएका ३ समूह सकारात्मक र ९ समूह नकारात्मक रहेका छन्। यस दिन माइक्रोफाइनान्स समूह ४.८५ अंकले सबैभन्दा धेरै बढेको छ भने जीवन बीमा समूह ५०.४१ अंकले सबैभन्दा धेरै गिरावट आएको छ।
चित्र २ः उपसमूह

कारोबार रकमको आधारमा तारागाउँ होटेलको १ लाख ३८ हजार ७५३ कित्ता शेयर ४ करोड २४ लाख ५६ हजार ५३० रुपैयाँमा करोबार भएको छ । यसैगरी, एनआईसी एशियाशिवम् सिमेन्ट, नेपाल बैंक, प्रभु बैंक, नेपाल क्रडिट एण्ड कमर्स बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, निर्धन उत्थान लघुवित्त र माथिल्लो तामाकोशीले कमर्श धेरै कारोबार गरेका छन् ।

चित्र ३ः धेरै कारोबार भएका कम्पनी


मंगलबारको बजारबाट गुराँस लघुवित्तको शेयरमूल्य ६.९४ प्रतिशतले बढेर रु.१११ भएको छ।  यस्तैः गणपति माइक्रोाफाइनान्सको ६.८७, 
नेपाल एग्रोको ४.९३, नेशनल माइक्रोफाइनान्सको ४.५८, माउन्टेन हाईड्रोपावरको ३.९६, रैराङ्ग हाईड्रोपावरको ३.७०, युनाइटेड मोदी हाईड्रोपावरको ३.५०, मल्टीपर्पोज फाइनान्सको ३.१६, फर्वाड लघुवित्तको २.६४  र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको २.४६ प्रतिशतले शेयरमूल्य बढेको छ। 
चित्र ४ः सकरात्मक रहेका कम्पनी


उता, आजको बजारबाट समता माइक्रोफाइनान्सको शेयरमूल्य ५.३८ प्रतिशत भन्दा धेरैले घटेर रु.११५९ मा आएको छ। यस्तैः पञ्चकन्या माई हाईड्रोपावरको ५.३०, नेपाल हाईड्रो डेभलपर्सको ५.१४, युनियन हाईड्रोपावरको ४.८९, सिद्धार्थ इन्स्योरेन्सको ४.७४, सिभिल लघुवित्तको ४.४४, अरुण हाइड्रोपावरको ३.६, नेपाल इन्स्योरेन्सको ३.५५, सहयोगी विकस बैंकको ३.०३ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २.८७ प्रतिशतले शेयरमूल्यमा घटेको छ।
चित्र ५ः नकारात्क रहेका कम्पनी


सन्दर्भ सूचीः
नेप्से



धन्यवाद! 
जय नेपाल!!!

No comments:

Post a Comment