Wednesday, 19 June 2019

नेप्सेको संभावित यात्रा कता?

१२ जेठ २०७६,
काठमाण्डौं, नेपाल।

यस लेखमा नेप्सेमा आएको परिवर्तन बारे बिश्लेषण गर्न प्रयास गरिनेछ। 
र, यो नितान्त शिक्षाको उदेश्यले निर्देशित भएर रचना गरिएको हो।

नेप्से गएको हप्ता १२६९.५५ को विन्दुमा बन्द भएको थियो। र, परिसूचकले एक हप्तामा १५.०४ अर्थात १.१६% ले घटेको छ। 


चित्र १ः मैनबत्ती (हप्ताको आधारमा)
मुभिङ एभरेजमा २०० दिने औसत मूल्यरेखाभन्दा ९० दिने औसत मूल्यरेखा माथि रहेको छ। परिसूचक पनि ९० दिने रेखाभन्दा माथि रहेको छ। केही दिनदेखि बजारमा गिरावट पक्कै आएको हो । परन्तु, परिसुचक अझैं पनि आफ्नो बुलिस गतिमा कायमै छ।
चित्र २ः मुभिङ्ग एभरेज

र, आरएसआईले शेयर खरीदविक्री चापको संकेत गर्दछ । यो ३६ दशमलव ०८ विन्दुमा छ । यसले आपूर्तिको तुलनामा विक्रि धेरै रहेको देख्न छ।

चित्र ३ः आरएसआई
भल्युमलाई आधार मानेर हेर्ने हो भने बेच्ने संख्यामा कमि आएको छ। 

चित्र ४ः भल्युम (मात्रा)


यस्तै, फिबोनाची रिट्रेसमेन्टबाट हेर्दा पनि नेप्सेले १२००-२० सम्म करेक्सनमा आउँने संकेत देखाउँछ। यो करेक्सेन आएको खण्डमा नेप्सेको बुल मुभमा संलग्न हुने राम्रो अवसर रहनसक्छ। परन्तु, यदि नेप्सेले १२७० को सपोर्टमा अडिएर आगाडि बढेको खण्डमा १२२० को करेक्सन भने आउँने छैन्।

चित्र ५ः फिबोनाची रिट्रेसमेन्ट

सन्दर्भ सामाग्रीः
नेप्से
ऐजेन्सी

धन्यवाद!
जय नेपाल!!

No comments:

Post a Comment