Sunday, 21 July 2019

नेपालमा विद्युतिय भक्त्तानी रकममा ८७.५८% को वृद्धि, कुन प्रणाली मार्फत कति भुक्त्तानी भयो?

५ असार २०७६,
काठमाण्डौं, नेपाल।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले संस्थाको खर्च/आम्दानी तथा अन्य विवरणहरु त्रैमासिक रुपमा अद्यावधिक गर्दै आएको छ।

हरेक सरकारी तथा अर्ध-सरकारी संस्थाहरुले सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ५ उपदफा (३) मा व्यवस्था सूचना प्रवाह गर्न कानुनी प्रावधान रहि आएको छ।

सोही व्यवस्थाको अन्तर्गत नेपाल क्लियरिङ्ग हाउसले चौथो त्रैमासको विवरणहरु सार्वजनिक गरेको छ।

नेपालमा विद्युतिय भुक्त्तानी सुरु भएको १-२ वर्ष मात्र भयो। यसै भक्तानी माध्यमबाट नेपालीले असार महिनामा मात्र रु. १ अर्ब ४२ करोड रुपैयाँ भक्तानी गरेका छन्। जेठको तुलनामा असारमा भक्तानी रकममा ८७.५८ र कारोबार संख्यामा ७७.५५ प्रतिशतले वृद्धि भएको छ।
चित्र १ः विद्युतिय भुक्त्तानी

जेठको तुलनामा असारमा भक्तानी रकममा ८७.५८ र कारोबार संख्यामा ७७.५५ प्रतिशतले वृद्धि भएको छ।





चित्र २ः वृद्धि दर


यस्तै, छिटो चेक क्लियरिङ्गतर्फ असारमा ९२५ अर्बको कारोबार भएको छ भने कारोबार संख्या १४ लाख ३२ हजार ८६५।

चित्र ३ः एक्सप्रेस चेक क्लियरिङ्ग

यस त्रैमासमा एक्सप्रेस क्लियरिङ्गतर्फ जेठको तुलनामा कारोबार रकममा २६.३७% र कारोबार संख्यामा २२.१०% को वृद्धि भएको छ।
चित्र ४ः वृद्धि दर


जेठको तलनामा कारोबार रकममा २६.१७% र कारोबार संख्यामा भने -१७.२९% को वृद्धि/गिरावट आएको छ।
कारोबार संख्यामा आएको गिरावटले यस माध्यम आकर्षण कम भएको जनाउँछ। यद्यपि, कारोबार रकम मात्र बढ्नुको कारण ठूला रकमको कारोबार एकैपटक भएकोले पनि हुनसक्छ।

चित्र ५ः बैंक ट्रान्सफर तथा भक्तानी


हालसालै नेपालका सबै 'क' वर्गका वाणिज्य बैंकहरु सबैले नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीमा आब्बद्द भएका छन् । बैंकहरुबाट यो सुविधा लिनको लागि आईपिएस फारम भरेर बैंकमा बुझाउँनुपर्नेछ। र, त्तपश्चात सो सुविधा सुचारु हुनेछ। यस सेवा लिएपछि विश्वको जुन कुनाबाट पनि ल्यापटप वा मोबाइल मार्फत सजिलै भुक्तानी गर्न सकिनेछ। साथै, न त लाइन बस्नुको झन्झट न त हेलमेट हराउँला भन्नुको! 😂😂!!

धन्यवाद!!

सन्दर्भ सूचीः

- नेपाल क्लियरिङ्ग हाउस लिमिटेड
- सूचनाको हक सम्बन्धि ऐन, २०६४


No comments:

Post a Comment