Tuesday, 30 July 2019

नेप्से परिसूचक ३.३९ अंकले बढ्यो, कारोबार रकममा भने ५ करोडको गिरावट

१८ असार २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ३.३९ अंक अर्थात ०.२७ प्रतिशतले बढेर १२६८.६८ विन्दुमा अडिएको छ। यस दिन १७१ कम्पनीको १० लाख १३ हजार ७९४ कित्ता २९ करोड ४३ लाख ५ हजार ०२३ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा ५ करोडको कमि भएको हो।

चित्र १ः नेप्से परिसूचक

कारोबारमा आएका १२ उपसूचकमध्य ८ सूचक सकारात्मक रहेका छन् भने बाँकी ४ सूचक नकारात्मक रहेका छन्। यस दिन निर्जीवन बीमा समूह २२.८२ अंकले सबैभन्दा धेरै बढेको छ र ७.२१ अंकले जीवन बीमा समूह सबैभन्दा धेरै घटेको छ। 
चित्र २ः उपसमूह

कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै सिद्धार्थ बैंक संस्थापकको ३ करोड १६ लाख ६२ हजार ८२० रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः नेपाल बैंक लिमिटेड, प्रभु बैंक, कृषि विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, नबिल बैंक, इन्फीनिटी लघुवित्त, शिखर इन्स्योरेन्स र आरएमडिसी लघुवित्त
ले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी


यस दिनको बजारबाट युनाइटेड इन्स्योरेन्सको शेयरमूल्यमा ९.९९ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः नयाँ नेपाल लघुवित्तको ९.९८, नेपाल एग्रो लघुवित्तको ९.९३, स्पर्श लघुवित्तको ९.८४, स्वाभिमान लघुवित्तको ८.५५, मिथिल्ला लघुवित्तको ८.१४ नेपाल सेवा लघुवित्तको ७.४६, राडी जलविद्युतको ६.९९, सामुदायिक लघुवित्तको ५.७९ र जनउत्थान सामुदायिक लघुवित्तको ५.६४
 प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी

उता, आजको बजारबाट 
युनियन हाईड्रोपावरको ६.४१ प्रतिशतले सबैभन्दा धेरै शेयरमूल्यमा ह्रास आएको छ। यस्तै, क्रमर्शः मल्टीपर्पोज फाइनान्सको ६.४, सिद्धार्थ इन्स्योरेन्सको ३.१९, गुहेश्वोरी मर्चेन्ट बैंकको ३.१०, सिन्धु विकास बैंकको २.८५, पोखरा फाइनान्सको २.८३, सानिमा इक्विटी फण्डको २.७, विशाल बजार कम्पनीको २.६१, प्रुडेन्सियल इन्स्योरेन्सको २.०१ र सिद्धार्थ बैंक संस्थापकको २ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ५ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment