Monday, 29 July 2019

नेप्से परिसूचक ३.१८ अंकले बढ्यो परन्तु करोबार रकम जम्मा ३५ करोड!

१८ असार २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ३.१८ अंक अर्थात ०.२५ प्रतिशतले बढेर १२५५.९८ विन्दुमा अडिएको छ। यस दिन १६६ कम्पनीको १२ लाख ०८ हजार ३४२ कित्ता ३५ करोड ८ लाख १२ हजार ५७२ रुपैयाँमा कारोबार भएको छ। 
चित्र १ः नेप्से परिसूचक

कारोबारमा आएका ११ उपसूचकमध्य ९ सूचक सकारात्मक रहेका छन् भने बाँकी ३ सूचक नकारात्मक रहेका छन्। यस दिन लघुवित्त समूह २३.४० अंकले सबैभन्दा धेरै बढेको छ र  जीवन बीमा समूह १५
.७९ अंकले सबैभन्दा धेरै घटेको छ। 
चित्र २ः उपसमूह

कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै युनाइटेड इन्स्योरेन्सको २ करोड ३८ लाख ६६ हजार ०४६ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः प्रभु बैंक, साना किसान विकास बैंक, शिवम् सिमेन्ट, कृषि विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बैंक लिमिटेड, मेघा बैंक, प्राइम कमर्सियल बैंक संस्थापक र सानिमा बैंक
ले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी

यस दिनको बजारबाट नेपाल ऐग्रो लगुवित्तको शेयरमूल्यमा १० प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः श्रीजना फाइनान्सको ९.७०, स्वाभिमान लघुवित्तको ९.३४, स्पर्श लघुवित्तको ८.७३, इन्फीनिटी लघुवित्तको ७.०६, गुराँस लघुवित्तको ६.४८, आशा लघुवित्तको ६.२२, लक्ष्मी लघुवित्तको ५.८६, समता लघुवित्तको ५.८० र सामुदायिक लघुवित्तको ५.०४ 
प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी

उता, आजको बजारबाट जोशी हाईड्रोपावरको ३.८४ प्रतिशतले सबैभन्दा धेरै शेयरमूल्यमा ह्रास आएको छ। यस्तै, क्रमर्शः युनियन हाईड्रोपावर र सिनर्जी पावरको ३.२९, युनाइटेड इन्स्योरेन्सको २.६३, एनआईबी समृद्धि फण्ड-१ को २.५५, गुर्खाज फाइनान्सको २.४३, देवः विकास बैंकको २.०६, हिमालयन जेनरल इन्स्योरेन्सको २.०२, युनाइटेड मोदी हाईड्रोपावरको १.८३ र अरुण काबेली पावरको १.७३ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ५ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment