काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक २.३७ अंक अर्थात ०.१९ प्रतिशतले घटेर १२७२.४९ विन्दुमा अडिएको छ। यस दिन १५८ कम्पनीको १२ लाख ५० हजार ७०८ कित्ता ४१ करोड १३ लाख ६९ हजार २९९ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा १४ करोडको कमि आएको छ।
![]() | |
|
कारोबारमा आएका ११ उपसूचकमध्य ३ सूचक सकारात्मक रहेका छन् भने बाँकी ८ सूचक नकारात्मक रहेका छन्। यस दिन जीवन बीमा समूह २७.६७ अंकले सबैभन्दा धेरै घटेको छ र ३.०३ अंकले फाइनान्स समूह सबैभन्दा धेरै बढेको छ।
![]() | |
|
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै छिमेक लघुवित्त संस्थापकको ५ करोड १७ लाख ६८ हजार ५०० रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बैंक लिमिटेड, प्रभु बैंक, एनआइसी एशिया, सिभिल बैंक, नबिल बैंक, मेघा बैंक र माथिल्लो तामाकोशीले धेरै कारोबार गरेका छन्।
![]() | |
|
यस दिनको बजारबाट नेपाल हाईड्रो डेभलपर्सको शेयरमूल्यमा ९.२४ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः माहुली सामुदायिक लघुवित्तको ४.९४, ग्लोबल आइएमई लघुवित्तको ४.८९, दिव्येश्वरी हाईड्रोपावरको ४.२३, नेपाल सेवा लघुवित्तको ३.६३, युनाइटेड मोदी हाईड्रोपावरको ३.६०, नयाँ नेपाल लघुवित्तको ३.१२, सिभिल लघुवित्तको २.९७, जानकी फाइनान्सको २.७३ र एनआइबी फाइनान्सको २.३८ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
![]() | |
|
उता, आजको बजारबाट मेरो माइक्रोफाइनान्सको ६.८१ प्रतिशतले सबैभन्दा धेरै शेयरमूल्यमा ह्रास आएको छ। यस्तै, क्रमर्शः नबिल इक्विटी फाण्डको ५.५७, एशियन लाइफ इन्स्योरेन्सको ३.२९, ज्योति विकास बैंकको २.९४, पाँचथर पावर कम्पनीको २.८७, जोशी हाईड्रोपावरको २.५३, स्वदेशी लघुवित्तको २.२७, युनिभर्सल पावर कम्पनीको २.१९, लक्ष्मी बैंकको २.१८ र छिमेक लघुवित्त संस्थापकको २ प्रतिशतले शेयरमूल्य घटेका छन्।
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment