काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक १५.८५ अंक अर्थात १.२६ प्रतिशतले बढेर १२६८.६८ विन्दुमा अडिएको छ। यस दिन १६७ कम्पनीको १३ लाख ७५ हजार १९० कित्ता ४२ करोड ८७ लाख ४३ हजार ४५८ रुपैयाँमा कारोबार भएको छ।
![]() | |
|
कारोबारमा आएका ११ उपसूचकमध्य ९ सूचक सकारात्मक रहेका छन् भने बाँकी २ सूचक नकारात्मक रहेका छन्। यस दिन निर्जीवन बीमा समूह ५५.०२ अंकले सबैभन्दा धेरै बढेको छ र २७.२० अंकले होटेल समूह सबैभन्दा धेरै घटेको छ।
![]() | |
|
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै नेपाल बैंकको ४ करोड ७५ लाख २२ हजार २४९ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, माथिल्लो तामाकोशी, एनआइबी संस्थापक, नबिल बैंक, लुम्बिनी विकास बैंक, ओरियन्टल होटेल, सिभिल बैंक संस्थापक र देवः विकास बैंक ले धेरै कारोबार गरेका छन्।
![]() | |
|
यस दिनको बजारबाट उन्नति माइक्रोफाइनान्सको शेयरमूल्यमा ७ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः समिट लघुवित्तको ६.८६, ग्लोबल आइएमई लघुवित्तको ६.७६, स्वदेशी लघुवित्तको ६.४७, स्वरोजगार लघुवित्तको ५.४४, लुम्बिनी विकास बैंकको ५.०८, मेरो माइक्रोफाइनान्सको ४.८९, विजय लघुवित्तको ४.७४, नेशनल हाईड्रोपावरको ४.६९र बरुण हाईड्रोपावरको ४.४४ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
![]() | |
|
उता, आजको बजारबाट सिभिल लघुवित्तको ९ प्रतिशतले सबैभन्दा धेरै शेयरमूल्यमा ह्रास आएको छ। यस्तै, क्रमर्शः दिव्येश्वरी हाईड्रोपावरको ८.९७, युनाइटेड फाइनान्सको ५.२०, अरुण काबेली पावरको ४.२५, रिलायन्स फाइनान्सको ३.९६, सानिमा इक्विटी फण्डको ३.३६, सोल्टेलको ३.२७, राष्ट्रिय बीमा कम्पनीको ३.१२, आइसिएफसीको २.९ र सिन्धु विकास बैंकको २.७७ प्रतिशतले शेयरमूल्य घटेका छन्।
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment