Thursday, 11 July 2019

नेप्सेमा झिनो गिरावट, कारोबार रकम आधा अर्ब नजिक!

२६ असार २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ०.६२ अंकले बढेर १२४८.५३ विन्दुमा अडिएको छ। यस दिन १७२ कम्पनीको १६ लाख ५४ हजार २५१ कित्ता ४६ करोड ३६ हजार ५७१ रुपैयाँमा कारोबार भएको छ। 

चित्र १ः नेप्से परिसूचक

कारोबारमा आएका ११ उपसूचकमध्य २ सूचक सकारात्मक रहेका छन् भने बाँकी ९ सूचक नकारात्मक रहेका छन्। यस दिन बैंकिङ्ग समूह १.९० अंकले सबैभन्दा धेरै बढेको छ र २.४४ अंकले जीवन बीमा समूह सबैभन्दा धेरै घटेको छ। 

चित्र २ः उपसमूह

कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै नेपाल बैंकको ४ करोड ५३ लाख ३१ हजार ८७० रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः शिवम् सिमेन्ट, 
सिभिल बैंक, एनआईसी एशिया, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, नेपाल लाइफ इन्स्योरेन्स, इन्फिनिटी लघुवित्त, मेघा बैंक, प्रभु बैंक  नेपाल टेलिकमले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी


यस दिनको बजारबाट नाडेप लगुवित्तको शेयरमूल्यमा ४.७३ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ३.२५, घलाम्दी हाईड्रोपावरको २.३३, आइएमई जेनरल इन्स्योरेन्सको २.२७, गुराँस लघुवित्तको २०४, एनआइबीएल समृद्धि फाण्ड-१, लक्ष्मी भ्यालु फण्ड ,प्रोग्रेसिभ फाइनान्स, विजय लघुवित्त र हिमालयन पावर पार्टनरको १ 
प्रतिशतभन्दा धेरैले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी

उता, आजको बजारबाट मल्टीपर्पोज
 फाइनान्सको ५.६७ प्रतिशतले सबैभन्दा धेरै शेयरमूल्यमा ह्रास आएको छ। यस्तै, क्रमर्शः लक्ष्मी लघुवित्तको ५.१०, इन्फिनिटी लघुवित्तको ३.३४, जोशी हाईड्रोपावरको ३.७९, ग्लोबल आइएमई लघुवित्तको ३.६२, गुराँस लाइफको ३.५१, आशा लघुवित्तको ३.४६, नेपाल सेवा लघुवित्तको ३.२७, खानीखोला हाईड्रोपावरको २.८९ र नाग्दी पावरको २.५२ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ५ः नकरात्मक रहेका कम्पनी


सन्दर्भ सूचीः
नेप्से



धन्यवाद! 


जय नेपाल!!!

No comments:

Post a Comment