Tuesday, 9 July 2019

नेप्से परिसूचक २.९२ अंकले बढ्यो, कारोबार रकम ४६ करोड

१८ असार २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक २.९२ अंकले बढेर १२५०.२७ विन्दुमा अडिएको छ। यस दिन १६५ कम्पनीको १६ लाख ७ हजार ६७२ कित्ता ४६ करोड ८२ लाख ६३ हजार ७७० रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा ११ करोडको कमि भएको हो।

चित्र १ः नेप्से परिसूचक

कारोबारमा आएका ११ उपसूचकमध्य ७ सूचक सकारात्मक रहेका छन् भने बाँकी ४ सूचक नकारात्मक रहेका छन्। यस दिन जीवन बीमा समूह २४.१२ अंकले सबैभन्दा धेरै बढेको छ र ३७.०५ अंकले निर्जीवन बीमा समूह सबैभन्दा थेरै घटेको छ। 

चित्र २ः उपसमूह

कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै एनआईबी बैंक संस्थापकको ६ करोड २ लाख ९८ हजार ०९४ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः लक्ष्मी बैंक, नेपाल बैंक लिमिटेड, एनआईसी एशिया, मेघा बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सिभिल बैंक, प्रभु बैंक, बोटलर्स नेपाल तराई र नबिल बैंक
ले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी


यस दिनको बजारबाट इन्फिनिटी लगुवित्तको शेयरमूल्यमा ९.८५ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः मल्टीपर्पोज फाइनान्सको ८, राढी जलविद्युतको ७.१४, लक्ष्मी लघुवित्तको ३.९५, गुराँस लघुवित्तको ३.६१, घलाम्दी हाईड्रोपावरको ३.४९, मञ्जुश्री फाइनान्स र अरुण काबेलीको ३.१७, आशा लघुवित्तको ३.०६ र वेष्ट फाइनान्सको ३
 प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी

उता, आजको बजारबाट 
सपोर्ट माइक्रोफाइनान्सको ४.२८ प्रतिशतले सबैभन्दा धेरै शेयरमूल्यमा ह्रास आएको छ। यस्तै, क्रमर्शः समिट लघुवित्तको ३.९२, सिटी एक्प्रेस फाइनान्सको ३.८४, नेशनल माइक्रोफाइनान्सको ३.४४, एभरेष्ट इन्स्योरेन्सको २.९६, अख्खु खोला जलविद्युतको २.६३, एनएलजी इन्स्योरन्सको २.५६, मितेरी डेभलपमेन्ट बैंकको २.५, स्वरोजगार लघुवित्तको २.३८ र सिभिल लघुवित्तको १.९६ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ५ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment