Wednesday, 21 August 2019

नेप्से परिसूचकमा झिनो सुधार, कारोबार रकममा ७ प्रतिशतको वृद्धि

४ भाद्र २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ०.४२ अंक अर्थात ०.०३ प्रतिशतले बढेर १२१४.०५ विन्दुमा अडिएको छ। यस दिन १६१ कम्पनीको १२ लाख ७० हजार ११८ कित्ता २९ करोड २६ लाख ४१ हजार ७१८ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा ७ प्रतिशतको वृद्धि भएको हो।

चित्र १ः नेप्से परिसूचक

कारोबारमा आएका १२ उपसूचकमध्य ४ सूचक मात्र सकारात्मक रहेका छन् भने बाँकी ८ सूचक नकारात्मक रहेका छन्। यस दिन ट्रेडिङ्ग समूह ७.१ अंकले सबैभन्दा धेरै बढेको छ र १५.१८ अंकले होटेल समूह सबैभन्दा धेरै घटेको छ। 

चित्र २ः उपसमूह
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै सोल्टी होटेल लिमिटेड को ४ करोड २० लाख २१ हजार ६४४ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः माछापुच्छ्रे बैंक, एनआईसी एशिया, नबिल बैंक, राढी हाईड्रोपावर, कृषि विकास बैंक, माहालक्ष्मी बैंक, शिवम सिमेन्ट, नेपाल इन्भेष्टमेन्ट बैंक र नागरिक लगानी कोषले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी

यस दिनको बजारबाट विशाल बजार कम्पनीको शेयरमूल्यमा ५.७३ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः पाँचथर पावर कम्पनीको ४.८१, जानकी फाइनान्सको ४.२८, सामुदायिक लघुवित्तको ३.७७, मल्टीपर्पोज फाइनान्सको ३.६४, नागरिक लगानी कोषको ३.६३, अरुण काबेली पावरको ३.२१, समता माइक्रोफाइनान्सको २.८७, लक्ष्मी लघुवित्तको २.०३ र नेपाल इन्स्योरेन्स कम्पनीको १.९९ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट गणपति माइक्रोफाइनान्सको शेयरमूल्यमा ५.४४ प्रतिशतले सबैभन्दा धेरै  ह्रास आएको छ। यस्तै, क्रमर्शः नाडेप लघुवित्तको ५.२५, सपोर्ट माइक्रोफाइनान्सको ५.१३, माउन्टेन हाईड्रोपावरको ४, अप्पि पावरको ४, छ्याङ्दी हाईड्रोपावरको ३.७९, सिन्धु विकास बैंकको ३.७३, घलाम्दी हाईड्रोपावरको ३.७०, नबिल इक्विटी फण्डको ३.४६ र राढी हाईड्रोपावरको ३.३८ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ५ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment